पोखरा । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज (आइतबार) एक कार्यक्रमबीच पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने भएका हुन् ।
पर्यटन राजधानी घोषणाका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाद्वारा संयुक्त रूपमा कार्यक्रम आयोजना गरिएको हो । यसअघि पोखरा महानगरका मेयर धनराज आचार्यको संयोजकत्वमा मूल समारोह समिति पनि गठन गरिएको थियो ।
पर्यटक राजधानी घोषणाअघि लेकसाइडस्थित बसुन्धरा पार्कबाट सांस्कृतिक झाँकीसहितको र्याली निकालिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा सहभागिताका लागि चीन र भारतसहित विभिन्न देशका राजदूतहरुलाई पनि निमन्त्रणा गरिएको पर्यटन सचिव कुमानसिंह गुरुङले जानकारी गराए ।