२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

उवा संघका सदस्यलाई केबलकारमा १५ प्रतिशत छुट

प्रकाशित मिति : २०८० चैत्र ५ गते

चितवन / उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीले मनकामना दर्शन गर्न जाँदा केबुलकारको टिकटमा छुट पाउने भएका छन् । उद्योग वाणिज्य संघ–चितवनका सदस्यलाई केबुलकारमा छुट दिने सम्बन्धी मनकामना दर्शन प्रालि र उद्योग वाणिज्य संघ–चितवनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उद्योग वाणिज्य संघ–चितवनको संस्थागत उत्तरदायित्वअन्तर्गत रहेर संघमा आबद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताएका छन् । उनले अन्य सेवा उपलब्ध गराउने संस्थासँग पनि छुट गराउन पहल गरिरहेको जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

केबु्लकारको छुटमा टिकट खरिद गर्नको लागि मनकामना मार्ग स्थित मुख्य कार्यालय र कुरिनटार स्थित शाखा कार्यालयबाट टिकट खरिद गर्न सकिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

कुरिनटार स्थित सञ्चालित केबुलकारको टिकट खरिदमा उद्योग वाणिज्य संघ–चितवनका सदस्यले १५ प्रतिशत छुट पाउने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।

उनले सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरूले संघबाट उपलब्ध गराएको सदस्यता परिचयपत्र देखाउनु पर्ने छ र संघको सदस्यता नविकरण भएको हुनुपर्ने बताएका छन् ।

यस पूर्व नै सम्झौतापत्रमा हस्ताक्षर भई छुट उपलब्ध गराइरहेका व्यवसायिक प्रतिष्ठानहरु एनपीआई. नारायणी सामुदायिक हस्पिटल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स टिचिङ हस्पिटल, चितवन मुटु हस्पिटल प्रालि., निको चिल्डेन हस्पिटल, चितवन मिड टाउन रिसोर्ट प्रालि, ग्यालेक्सी गार्डेन रिसोर्ट प्रालि., भरतपुर गार्डेन रिसोर्ट प्रालि, अशोका रिसोर्ट प्रालि., रोज गार्डेन रिसोर्ट, होटल सिराइचुली, रोयल सेन्चुरी होटल र पोखरा स्थित गन्तव्य रिसोर्टले पनि संघका सदस्यहरुलाई छुट सुविधा उपलब्ध गराउँदै आएको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98