काठमाडौं / संघीय संसद्अन्तर्गत आज (सोमबार) राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने गरी आह्वान गरिएको हो ।
बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
- ADVERTISEMENT -

साथै कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन, अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ माथि छलफल र निर्णयार्थ प्रस्तुत, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरिने र त्यसपश्चात अर्थ मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभाको बैठकअघि प्रतिनिधि सभाको बैठक पनि बस्नेछ । बैठक आज बिहान ११ बजे संसद् सचिवालयमा बस्ने गरी बोलाइएको छ ।
- ADVERTISEMENT -















































