April 25, 2025

कारले ठक्करबाट एक जना गम्भीर घाइते

April 11, 2024
- ADVERTISEMENT -

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ८ पांँडे घुम्तीमा कारको ठक्करबाट पैदल यात्री गम्भीर घाइते भएका छन् । सोही स्थान बस्ने बर्ष ३८ का अभिषेक पोखरेल कारको ठक्करबाट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार राति १० बजेर ३५ मिनेटमा भरतपुर म.न.पा.९ शरदपुरस्थित भित्री सडक खण्डमा ना२च २६६५ नम्बरको प्राइभेट कारले पोखरेललाई ठक्कर दिएको हो ।

घाईते पोखरेलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहको छ । उनको टाउको र खुट्टामा चोट लागेको छ । कार चालक भरतपुर म.न.पा. ६ देवनगर बस्ने बर्ष २८ को सुवास वि.क.लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

- ADVERTISEMENT -