२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026
२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026 Tuesday

चितवनमा पहिलो पटक ‘मिस नेवाः चितवन’ हुँदै [with video]

प्रकाशित मिति : २०८१ बैशाख २ गते

चितवन / नेवार समुदायको धर्म, संस्कृति र पहिचान जोगाउने उद्देश्यले चितवनमा पहिलो पटक मिस नेवाः चितवन हुने भएको छ । दिपाज इभेन्टस्को आयोजनामा आउँदो जेठ मसान्तदेखि उक्त मिस नेवाः चितवन हुन गइरहेको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा युवा व्यवसायी एवम् समाजसेवी राकेशमान श्रेष्ठले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका हुन् । उनका अनुसार १५ वर्षदेखि ३० वर्षसम्मका अविवाहित युवतीहरुले भाग लिन पाउने छन् ।

- ADVERTISEMENT -

Advertisement

मिस नेवाः चितवनको विजेताले रु. ५० हजार प्राप्त गर्नेछन् । यस्तै पहिलो रनरअपले ३० हजार दोश्रो रनरअपले २० हजार पाउने श्रेष्ठले बताए । विजेता उपविजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । स्थानीय जर्जहरुद्वारा छनौट गरिने उक्त प्रतियोगिताको पहिलो चरणमा नै छनौट गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च हुने आयोजकको अनुमान छ । नाफा रकमको २५ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितामा भाग लिनको लागि आवेदन आजैबाट खुल्ला गरिएको दिपाज इभेन्टकी प्रबन्ध निर्देशक दिपा पाठकले जानकारी दिइन् ।

नेवाः दे दबुका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवम् नेवा समाज भरतपुरका संस्थापक अध्यक्ष चन्द्रलाल राज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

पत्रकार सम्मेलनमा टोल सुधार समिति स्याउली बजारका अध्यक्ष रामबाबु श्रेष्ठले कार्यक्रममा सहभागी हुनेहरुले पक्कैपनि नेवा समाजको रिजीरिवाज, धर्म लगायतका विषयमा जानकारी प्राप्त गर्ने बताए ।

पत्रकार राजु भट्टले सञ्चालन गरेको कार्यक्रममा युवा व्यवसायी एवम् समाजसेवी राकेशमान श्रेष्ठले धन्यवाद मन्तव्यसहित समापन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.08
152.68
European Euro
1
177.09
177.79
UK Pound Sterling
1
205.24
206.05
Swiss Franc
1
194.64
195.41
Australian Dollar
1
109.03
109.46
Canadian Dollar
1
110.10
110.54
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.57
9.61
Chinese Yuan
1
22.42
22.50
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.72
41.88
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.40
41.57
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.04
10.08
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.70
23.79
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.86
497.82
Bahrain Dinar
1
403.40
404.99
Omani Rial
1
395.01
396.57