April 30, 2024

चितवनमा पहिलो पटक ‘मिस नेवाः चितवन’ हुँदै [with video]

April 14, 2024

चितवन / नेवार समुदायको धर्म, संस्कृति र पहिचान जोगाउने उद्देश्यले चितवनमा पहिलो पटक मिस नेवाः चितवन हुने भएको छ । दिपाज इभेन्टस्को आयोजनामा आउँदो जेठ मसान्तदेखि उक्त मिस नेवाः चितवन हुन गइरहेको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा युवा व्यवसायी एवम् समाजसेवी राकेशमान श्रेष्ठले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका हुन् । उनका अनुसार १५ वर्षदेखि ३० वर्षसम्मका अविवाहित युवतीहरुले भाग लिन पाउने छन् ।

मिस नेवाः चितवनको विजेताले रु. ५० हजार प्राप्त गर्नेछन् । यस्तै पहिलो रनरअपले ३० हजार दोश्रो रनरअपले २० हजार पाउने श्रेष्ठले बताए । विजेता उपविजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । स्थानीय जर्जहरुद्वारा छनौट गरिने उक्त प्रतियोगिताको पहिलो चरणमा नै छनौट गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च हुने आयोजकको अनुमान छ । नाफा रकमको २५ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।

प्रतियोगितामा भाग लिनको लागि आवेदन आजैबाट खुल्ला गरिएको दिपाज इभेन्टकी प्रबन्ध निर्देशक दिपा पाठकले जानकारी दिइन् ।

नेवाः दे दबुका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवम् नेवा समाज भरतपुरका संस्थापक अध्यक्ष चन्द्रलाल राज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

पत्रकार सम्मेलनमा टोल सुधार समिति स्याउली बजारका अध्यक्ष रामबाबु श्रेष्ठले कार्यक्रममा सहभागी हुनेहरुले पक्कैपनि नेवा समाजको रिजीरिवाज, धर्म लगायतका विषयमा जानकारी प्राप्त गर्ने बताए ।

पत्रकार राजु भट्टले सञ्चालन गरेको कार्यक्रममा युवा व्यवसायी एवम् समाजसेवी राकेशमान श्रेष्ठले धन्यवाद मन्तव्यसहित समापन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -