२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

गणतन्त्र मास्ने शक्तिलाई परास्त गर्न एक हुनुपर्छ – पूर्व प्रम नेपाल

प्रकाशित मिति : २०८१ बैशाख १९ गते

चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्रलाई मास्न खोज्ने शक्ति क्रियाशील रहेको बताएका छन् । नेकपा एस चितवनको आज (बुधबार) बाट सुरु भएको १० औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष नेपालले फूलमा पानी हालेर उद्घाटन गरेका हुन् । गणतन्त्र मास्ने शक्तिलाई परास्त पार्न एक हुनु पर्ने अध्यक्ष नेपालको भनाइ थियो । उनले वामपन्थीका पुराना साथीहरुले आफूहरुले गरेका गल्ती स्वीकारी आत्मलोेचना गरे साथ सहयोग गरिने बताए ।

- ADVERTISEMENT -

Advertisement

उनले वाम एकताका लागि आफ्नो पार्टी कुनै पनि कुरामा बाधक नभएको प्रष्ट पारे । एकीकृत समाजवादी पार्टीले कुनै आग्रह पालेर नबसेको उनको जिकिर थियो ।

विगतमा वामपन्थी एक हुँदा पार्टी विधान र देशको संविधानलाई कुल्चिने काम भएको उनले भने । त्यो बेलामा विद्रोह गरेको भएर नै संविधान मिच्ने प्रवृत्ति हावी हुन नसकेको उनको भनाइ थियो । उनले आग्रह पालेर नबसेको र समाजवादी मोर्चामा आउन चाहनेलाई स्वागत गर्ने बताए ।

नेकपा एस पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पहिलाको जस्तै एकता गरे पनि व्यवहारमा उस्तै हुने भएपछि एकताको कुनै अर्थ नरहेको बताए ।

कम्युनिष्ट पार्टी मिल्दा संसदमा झण्डै दुई तिहाइ सांसद भए पनि पनि कुनै गतिलो काम गर्न नसकेको उनको भनाइ थियो ।

पार्टीमा व्यक्ति हाबी भएर भ्रष्टाचार र बेथिति बढेपछि विद्रोहस्वरूप नेकपा एकीकृत समाजवादी जन्मिएको उनले बताए । अब हुने ८४ को चुनावमा एक्लै लड्ने हैससियत बनिसकेको उनले दावी गरे ।

कार्यक्रममा नेकपा एसका केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठ, उप–महासचिव गंगालाल तुलाधर, प्रवक्ता जगन्नाथ खतिवडा, सचिव हरि पराजुली, स्याथी कमिटी सदस्य साध्य बहादुर भण्डारी, नेपाली कांग्रेसका राजेश्वर खनाल, नेकपा एमाले चितवनका सचिव प्रकाश खनाललगायतले मन्तव्य राखेका थिए ।

नेकपा एस चितवनका अध्यक्ष अरुणपीडित भण्डारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम महासचिव नरेन्द्र कन्द्वाले संचालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96