२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

भरतपुर मेयर कप : गौरीगन्ज र विश्वप्रकाशको विजयी सुरुवात

आज पनि दुई टिम भिड्दै
प्रकाशित मिति : २०८१ बैशाख ३१ गते

चितवन । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आइतबार दुई खेल सम्पन्न भएका छन् ।

कृष्णपुरको मैदानमा भएको समूह ए को खेलमा गौरीगन्ज माविले ढड्डाघारी माविलाई पराजित गर्दै सुखद् सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक खेलमा गौरीगन्ज १–० ले विजयी भएको हो ।

- ADVERTISEMENT -

Advertisement

गौरीगन्जको जितमा रोहन गुरुङले निर्णायक गोल गरे । उनी नै म्यान अफ दि म्याच भए । यो जितपछि गौरीगन्ज तालिकामा ३ अंंकसहित शिर्ष स्थानमा छ ।

लिग अन्तर्गत शारदानगर माविको मैदानमा भएको समूह सी को खेलमा विश्वप्रकाश माविले जित हात पारेको छ । विश्वप्रकाशले ईडेन गार्डेनलाई २–० ले हरायो ।

- ADVERTISEMENT -

Advertisement

विश्वप्रकाशको जितमा कप्तान साहिल परियार र आदित्य बरामले एक–एक गोल गरे । साहिलले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाए । २५ औं मिनेटमा आदित्यले गोल गरेपछि विश्वप्रकाशले २–० को जित हात पा¥यो । विश्वप्रकाशका अभय कुमाल म्यान अफ दि म्याच घोषित भए । यो जितपछि समूह सी मा रहेको विश्वप्रकाशले स्पष्ट ३ अंंक बटुलेको छ ।

उता वर्षाका कारण समूह बी को ग्रीनल्याण्ड पब्लिक स्कुल र सिद्धार्थ माविबीचको खेल भने स्थगित भएको छ । अमर मावि पटिहानीमा हुने भनिएको खेल वर्षाले मैदान हिलाम्य भएपछि स्थगित गरिएको सह आयोजक चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए । यो खेल सोमबार दिउँसो ४ः३० बजे कृष्णपुरमा हुनेछ ।

सोमबार नै अन्य दुई खेल पनि हुनेछ । समूह बी पारिजात इङलिस बोर्डिङ र आदिकवि भानु मावि भिड्नेछन् । यो खेल दिउँसो ४ः३० बजे अमर मावि पटिहानीमा हुनेछ । यस्तै सोही समयमा शारदानगरमा जनप्रिय इङलिस बोर्डिङ र लक्ष्मी माविबीच खेल हुनेछ ।

लिग जेष्ठ १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्र १२ सामुदायिक तथा १२ संस्थागत गरी २४ विद्यालय सहभागी छन् । सहभागी २४ विद्यालयलाई छ समूहमा विभाजन गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68