July 20, 2024

जिप दुर्घटनामा दुईको मृत्यु, ८ जना घाइते

June 6, 2024
sketch

डोटी / डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८९ नम्बरको जिप बुडर नजिकै बुधबार बिहान दुर्घटना हुँदा दुईको मृत्यु भएको प्रहरीले जनाएको हो ।

दार्चुलाबाट धनगढी आउँदै गरेको उक्त जिप डोटीमा दुर्घटना हुँदा ३ वर्षीया रितिका सार्कीसहित दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर मृत्यु भएका अर्का एक जनाको भने सनाखत हुन सकेको छैन ।

यस्तै, सोही दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरेर निसर्ग अस्पताल धनगढी लगिएको छ । उनीहरूको उपचार जारी रहेको घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -