२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

गाँजाको वैधानिकताका लागि अभियान सुरु

प्रकाशित मिति : २०८१ असार २ गते
File Photo

मकवानपुर / गाँजा खेतीको वैधानिकताका लागि युवाहरुले अभियान सुरु गरेका छन् ।

मकवानपुर मनहरी गाउँपालिका–८ स्थित पिस पार्कमा शनिबार युवाहरुले जनप्रतिनिधिसहितको भेला आयोजना गरी गाँजाखेतीको वैधानिकताका लागि स्थानीय तहबाटै राज्यस्तरमा पहल गर्न दबाब सिर्जना गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

लामो समयदेखि गाँजाको वैधानिक खेतीका लागि अभियान सञ्चालन गरिरहेका युवा व्यवसायी राजेश भेटवालको अगुवाइमा भएको भेलामा मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका प्रमुख, वडा अध्यक्ष एवम् गाँजा बोक्दा जेल जीवन विताइरहेका भरियाका परिवारको सहभागिता रहेको थियो ।

‘गाँजा खेतीको वैधानिकता, सम्भाव्यता अध्ययन तथा गाँजा ओसारपसारमा गर्दा राज्यबाट पक्राउ गरी जेलजीवन विताइरहेकाहरुको रिहाइको माग गर्दै हामीले भेला आयोजना गरेका हौं ।’, अभियान्ता भेटवालले स्थानीय तह, प्रदेश र संघीय सरकारले यस विषयमा अब निर्णय गर्न ढिलाई गर्न नहुने बताए ।

‘गाँजा बोक्ने भरियारहरु अनाहकमा जेल जीवन विताइरहेका छन् । राज्यले वैधानिकताको सवाल उठाउने अनि मौन बस्ने गर्दा सोझा जनताहरु समस्यामा परिरहेका छन् ।’, उनले यस विषयको सुनुवाइ छिट्टै नभएको खण्डमा चरणबद्ध आन्दोलनको तयारी समेत गरिरहेको बताए ।

मकवानपुरको पश्चिमी क्षेत्रमा अवस्थित मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका गाँजा खेती हुने क्षेत्र हो । यस क्षेत्रबाट वर्षेनी सयौं युवाहरु गाँजा बोकेका कारण जेल जीवन विताउन बाध्य भइरहेका छन् ।

भेलामा मनहरी गाउँपालिकाका प्रमुख रञ्जन कालाखेती, राक्सिराङ गाउँपालिका प्रमुख राजकुमार मल्ल र कैलाश गाउँपालिका फ्रमुख लोक मोक्तानले स्थानीय तहले निर्माण गर्ने नीति तथा कार्यत्रम र बजेटमा यस विषयलाई समावेश गर्ने, आफ्नो स्थानीय तहबाट जेल जीवन विताइरहेकाहरु तथ्यांक राख्ने र गाँजाको वैधानिकताका लागि प्रदेश र संघीय सरकारलाई विभिन्न कार्यक्रम गरी दबाब सिर्जना गर्ने प्रतिबद्धता भेलामा जनाएका थिए ।

भेलामा वनविज्ञान विद्यार्थी साधना पौडेल र डा। भोला भट्टराईले गाँजा खेती र वैधानिकता विषयमा प्रष्ट्याइएका थिए । भेटवाल नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको केन्द्रीय सदस्य समेत हुन् । उनले अघिल्लो महिना काठमाडौंमा सम्पन्न भएको पार्टीको महासमिति भेलामा समेत यस विषयको उठान गरी सबैको ध्यान आफूतिर तानेका थिए ।

भेलामा मनहरी–७ का वडाध्यक्ष ठाकुराम तितुङले राज्यले छिट्टोभन्दा छिट्टो यो विषय टुंगोमा पुर्याउन जरुरी रहेको बताए । ‘यस क्षेत्रमा रोजगारीको अवसर छैन । राज्यको उपस्थिति शुन्य जस्तै छ । यस क्षेत्रका लागि गाँजा खेती बरदान जस्तै हो ।’, उनले भने ।

कार्यक्रम सञ्चालन युवा अभियन्ता सन्तोष थापाले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20