चितवन / विद्युतीय माईक्रोबस अनियन्त्रित भई पल्टंँदा सातजना यात्रु घाईते भएका छन । नारायणगढ मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १ पानी ट्यांकी स्थित ओरालोमा आज (आइतबार) बिहान ६ बजेतिर माईक्रोबस दुर्घटना भएको थियो ।
नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०१८२ नं. को ईलेक्ट्रिक माईक्रो आफै अनियन्त्रित भई पल्टिई दुर्घटना हुुंँदा सातजना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
- ADVERTISEMENT -

घाईतेहरुको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भरहेको छ । घाईतेहरुको अवस्था मध्यम र सामान्य छ । प्रहरीले माइक्रोबस चालक गोर्खा, पालुङ्गटार नगरपालिका वडा नम्बर २ का ३५ बर्षीय विनोद रेग्मीलाई नियन्त्रणमा लिएको छ ।











































