काठमाडौं / युरोकप २०२४ को फाइनल खेलमा स्पेन र इंग्ल्याण्ड भिड्दै छन् । मिनी विश्वकपको रुपमा रहेको युरोकप २०२४ को फाइनल खेल आज (आइतबार) १२.४५ बजे बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।
दुई टोली उपाधि दाबेदारकै रुपमा हेरिएको उक्त फाइनल खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
- ADVERTISEMENT -

स्पेनले यस युरोमा उत्कृष्ट लय कायम राख्दै फाइनलसम्मको यात्रा तय गर्दा सबै खेल जितेको छ । उता इंग्ल्याण्ड भने अन्तिम समयमा नतिजा उल्टाउँदै संघर्ष गरेर फाइनलसम्म पुगेको हो ।










































