२०८३ असार ६, शनिबार
June 20, 2026
२०८३ असार ६, शनिबार
June 20, 2026 Saturday
- ADVERTISEMENT -

रत्ननगरको १९औँ नगरसभा : करिब दुई अर्बको बजेट प्रस्तुत

प्रकाशित मिति : २०८३ असार ६ गते

रत्ननगर । रत्ननगर नगरपालिकाको १९औँ नगरसभामा आर्थिक वर्ष २०८३–०८४ को लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

नगरसभामा उपप्रमुख यादवप्रसाद पाठकले आगामी आर्थिक वर्षको लागि एक अर्ब ९६ करोड ५२ लाख २१ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

बजेटमा संघीय समानीकरण अनुदान १८ करोड १७ लाख, संघीय राजस्व बाँडफाँड १३ करोड ९१ लाख ८९ हजार, संघीय सर्शत अनुदान चालूतर्फ ३८ करोड ७ लाख, संघीय सर्शत पुँजीगत ७० लाख, संघीय विशेष अनुदान ९० लाख, संघीय समपूरक अनुदान ५० लाख, प्रदेश समानीकरण अनुदान एक करोड ७० लाख २६ हजार आम्दानी हुने अनुमान गरिएको छ ।

यस्तै, प्रदेश राजस्व वाँडफाँड ६ करोड २२ लाख ६४ लाख, प्रदेश सर्शत चालू २ करोड ८२ लाख ९६ हजार, प्रदेश सर्शत पुँजीगत ९० लाख, प्रदेश विशेष अनुदान ७० लाख, प्रदेश समपूरक अनुदान १ करोड ८० लाख, स्थानीय राजस्व बाँडफाँड तथा घरजग्गा रजिस्टे«सन दस्तुर १२ करोड, आन्तरिक स्रोत १६ करोड ८३ लाख ७१ हजार, अघिल्लो आर्थिक वर्षको बाँकी मौज्दात रकम ५ करोड, सामाजिक सुरक्षा ३५ करोड, सडक बोर्ड ८० लाख आम्दानी हुने अनुमान गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

सभाअध्यक्ष नगरप्रमुख प्रलाद सापकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक वर्षको मुख्य कार्यक्रमअन्तर्गत बाघमारा खेल मैदानलाई नगर गौरवको बहुउद्देश्यीय रङ्गशाला निर्माण गर्ने, पुगौँ रत्ननगर, घुमौँ सौराहा अभियानमार्फत आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने, विपन्न असहाय बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरी अस्पताल पु¥याइने, पूर्वाधारहरुको मर्मत संभारका लागि मर्मत सभारकोष स्थापना गर्ने र सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्म निःशुल्क गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने योजना रहेको बताए ।

नगरसभामा उपप्रमुखले प्रस्तुत गरेको राजस्वको आय र व्ययको अनुमान, आर्थिक विधेयक २०८३ विनियोजन विधेयक २०८३, न्यायिक समितिको प्रतिवृदन, अनुगमन समितिको प्रतिवेदन, नगर गौरवका आयोजना एवम् आयोजना बैंकसम्बन्धी प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।

यस्तै, लेखा समितिका संयोजक सूर्यबहादुर तामाङले प्रस्तुत गरेको लेखासमिति प्रतिवेदन सर्वसम्मत पारित भएको छ । विधायन समितिका संयोजक वीरेन्द्र चौधरीले प्रस्तुत गरेको विधायन समितिको प्रतिवेदन पनि सर्वसम्मत पारित भएको छ । यस्तै, शारदा न्यौपाने प्रस्तुत गरेको सुशासन समितिको प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।

यसैगरी, पूर्वाधार विकास समितिका संयोजक अनन्त अधिकारीले प्रस्तुत गरेको नगरको काम सम्पन्न हुन बाँकी योजनाहरुको म्याद थपसम्बन्धी प्रतिवेदन पनि सर्वसम्मत पारित गरिएको छ ।

यस्तै, नगरप्रमुख प्रलाद सापकोटाले प्रस्तुत गरेको नगरकार्यपालिका लगायत विभिन्न बैठकका निर्णयहरु, नगरसभाको अधिकार प्रत्यायोजन र अन्य नीतिगत निर्णयहरुसमेत सर्वसम्मत पारित गरिएको छ ।

सो अवसरमा एक विद्यार्थी र ११ जना उत्कृष्ट कर्मचारी पुरस्कृत भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.62
151.22
European Euro
1
172.66
173.34
UK Pound Sterling
1
199.34
200.13
Swiss Franc
1
186.76
187.50
Australian Dollar
1
105.61
106.04
Canadian Dollar
1
106.46
106.89
Singapore Dollar
1
116.65
117.11
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.25
22.34
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.35
41.52
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.01
41.17
Malaysian Ringgit
1
36.41
36.55
South Korean Won
100
9.84
9.88
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.10
23.19
Hong Kong Dollar
1
19.21
19.29
Kuwaity Dinar
1
490.14
492.09
Bahrain Dinar
1
399.52
401.11
Omani Rial
1
391.24
392.79