काठमाडौं / नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
पद तथा गोपनीयताको शपथ ग्रहण बिहान ११ बजे गर्ने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।