२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026
२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026 Tuesday

देवघाट गाउँपालिका सात वर्षपछि आफ्नै भवनमा

साउन २० गतेबाट सेवा शुभारम्भ
प्रकाशित मिति : २०८१ श्रावण २३ गते

– बबिलाल तामाङ
तनहुँ । देवघाट गाउँपालिकाले बल्ल आफ्नै भवनबाट सेवा दिन थालेको छ । स्थानीय सरकार गठन भएको सात वर्षपछि बल्ल आफ्नै भवन निर्माण सम्पन्न भएपछि नयाँ प्रशासकीय भवनबाट सेवा दिन थालेको हो । पालिकाले नयाँ आर्थिक वर्षबाटै नयाँ भवनबाट सेवा दिने तयारी गरे पनि प्राविधिक काम नसकिँदा साउन २० गतेबाट बल्ल सेवा थालेको हो ।

वडा नं.५ क्युदीमा निर्मित नयाँ प्रशासनिक भवनबाट सेवा दिएपछि गाउँपालिकाले भाडावापत हरेक वर्ष बुझाउँदै आएको भाडा जोगिएको छ । पालिकााक अध्यक्ष तिलबहादुर थापामगरका अनुसार देवघाट गाउँपालिकाले पालिकाको कार्यालय सञ्चालनको लागि वार्षिक १८ लाख रूपैयाँ भाडा बुझाउँदै आएको थियो ।

- ADVERTISEMENT -

Advertisement

गाउँपालिकाले प्रदेश र केन्द्र सरकारबाट प्राप्त रकमसहित कूल पाँच करोड रूपैयाँ लागतमा ४२ कोठाको तीन तले प्रशासनिक भवन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष मगरले जानकारी दिए । ‘भवन निर्माणको लागि केन्द्र र प्रदेश सरकारबाट ६० प्रतिशत र गाउँपालिकाबाट ४० प्रतिशत रकम जुटाएका थियौँ,’ उनले भने, ‘ठेकेदारले समयमै काम नगरिदिँदा निर्माणमा ढिलाइ भएको हो ।’

करिब ४५ रोपनी क्षेत्रफलमा फैलिएको प्रशासकीय भवनको निर्माण कार्य सकिएपछि सरकारी कामकाज थालिए पनि बाहिरी संरचना निर्माणको काम पूरै बाँकी रहेको गाउँपालिकाले जनाएको छ । ‘भवनअगाडिको जमिनलाई सम्याएर सुरक्षागृह, कम्पाउण्डिङ, पार्किङ, शौचालय, प्रतिक्षालय, खानेपानीको ट्याङ्कीलगायतका संरचना निर्माण गर्न बाँकी नै छ,’ उनले भने, ‘त्यसको लागि गाउँपालिकाको बजेटले पुग्दैन । प्रदेश र केन्द्रबाट बजेट माग गरेर काम गर्नुपर्ने छ ।’

- ADVERTISEMENT -

Advertisement

पालिकाको बजेटबाट काम सम्पन्न गर्न सम्भव नहुने हुँदा बाँकी रहेका कामलाई बहुवर्षीय योजनाभित्र राखेर बिस्तारै पूरा गर्दै जाने लक्ष्य लिइएको पालिकाका अध्यक्ष मगरले जानकारी दिए । उनका अनुसार ती सबै संरचना निर्माण गर्न कम्तिमा पनि दुई करोड रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । ‘सानो रकमले नपुग्ने हुँदा हरेक वर्ष थोरैथोरै बजेट विनियोजन गरेर काम पूरा गर्दै जाने हो,’ उनले भने, ‘थप बजेटको लागि प्रदेश र केन्द्र सरकारसँग पनि समन्वय गर्नु आवश्यक छ ।’

नयाँ भवनबाट सेवा दिन थालेपछि भाडावापतको रकम जोगिनुका साथै सेवाग्राहीलाई सेवा दिन पनि थप सहज भएको गाउँपालिकाले जनाएको छ ।

पालिकाको काम नयाँ भवनबाट थाल्नुअघि गाउँपालिकाले विधिवतरूपमा पूजापाठ गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.08
152.68
European Euro
1
177.09
177.79
UK Pound Sterling
1
205.24
206.05
Swiss Franc
1
194.64
195.41
Australian Dollar
1
109.03
109.46
Canadian Dollar
1
110.10
110.54
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.57
9.61
Chinese Yuan
1
22.42
22.50
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.72
41.88
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.40
41.57
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.04
10.08
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.70
23.79
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.86
497.82
Bahrain Dinar
1
403.40
404.99
Omani Rial
1
395.01
396.57