चुम्लिङटार / इच्छाकामना चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले अश्मिनकुमार लम्सालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा तेजकृष्ण प्रजापति, उपाध्यक्षमा मोदराज सिलवाल, महासचिवमा माधवप्रसाद पोखरेल, सचिवमा लक्ष्मी कंडेल र कोषाध्यक्षमा कमला भुजेल निर्वाचित भएका छन् ।
- ADVERTISEMENT -
यस्तैगरी सदस्यहरुमा रणबहादुर बुढाथोकी, राजु श्रेष्ठ, चित्रबहादुर गुरुङ, रुपेश तामाङ, रुद्र त्रिपाठी, राजु सुनार, यमप्रसाद सिलवाल, नारायणप्रसाद पाण्डे, मधुमाया गुरुङ र सावित्रि पुडाशैनी खनाल निर्वाचित भएका छन् । दुई सदस्य पछि चयन गर्ने बताइएको छ ।
कार्यक्रममा इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष एवं नगर गाउँ केन्द्रीय सदस्य भाइचन्द्र श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्स चितवनका अध्यक्ष एवं केन्द्रीय सदस्य गोपाल भट्टराई, नेपाल चेम्बर अफ कमर्सको कर्णाली प्रदेश संयोजक लक्ष्मण न्यौपाने, नेपाल चेम्बर अफ कमर्स चितवनका वरिष्ठ उपाध्यक्ष सोमप्रसाद काप्री, इच्छाकामना गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष एवं प्रवक्ता नर बहादुर नेपाल, वडा नं. ४ का वडाध्यक्ष रुद्र उप्रेती लगायतको उपस्थिति थियो ।