काठमाडौं / २५ औं अन्तर्राष्ट्रिय युवा दिवस आज (सोमबार) मनाइँदै छ ।
‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा पनि अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको हो ।
- ADVERTISEMENT -
सन् २००० बाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिएको छ ।
दिवसको अवसरमा विभिन्न युवा नेतृत्वको संघसंस्थाले अन्तरक्रिया, गोष्ठी, रक्तदान, वृक्षारोपणलगायतका कार्यक्रम गर्ने गरिन्छ ।