२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

भरतपुर ११ मा फलफूल प्रजातिका दुई सय बिरुवा वृक्षरोपण

प्रकाशित मिति : २०८१ भाद्र २८ गते

चितवन / तमू प्ये ल्हु संघ चितवनले वृक्षरोपण गरेको छ। बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालको उपस्थितिमा शुक्रबार भरतपुर–११, नौरङ्गेस्थित संघको कार्यालय परिसरमा वृक्षरोपण गरिएको हो ।

कार्यालय परिसरलाई थप वातावरणमैत्री बनाउनको लागि वृक्षरोपण गरिएको प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए । उनका अनुसार प्ये ल्हु संघले कार्यालय परिसरमा फलफूल प्रजातिका करिब दुई सय विरूवा रोपेको हो ।

- ADVERTISEMENT -

Advertisement

तमू प्ये ल्हु संघ केन्द्रका उपाध्यक्ष एवम् वागमती प्रदेश प्रमुख तुलाराम तमूले सदियौँदेखि तमू जातिको सम्बन्ध प्रकृतिसँग निकट रहेको तमू जातिले आफ्नो समुदायको धार्मिक संस्कार पनि सोहीअनुसार अपनाउँदै आएको बताए । नौरङ्गेमा तमू प्ये ल्हु संघले धार्मिक संस्कारको लागि क्होइबो धीं निर्माण गर्न आवश्यक रहे पनि विभिन्न खालका अवरोधका कारण समस्या भइरहेको बताउँदै प्रदेश सरकारले त्यसलाई सहज बनाइदिनुपर्ने बताए ।

नवजागृति सामुदायिक वनभित्र पर्ने उक्त क्षेत्रमा विगत लामो समयदेखि नै तमू समुदायले आफ्नो धार्मिक एवम् सांस्कारिक गतिविधि गर्दै आएको उनले बताए । तर, वनक्षेत्रभित्र विभिन्न खालका अवरोध सिर्जना हुँदा तमू जातिको सांस्कारिक गतिविधि प्रभावित बन्ने गरेको भन्दै त्यसलाई सहज हुने गरी प्रदेश सरकारले बाटो बनाइदिनुपर्ने उनको भनाइ छ ।

डिभिजन वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्कीले वन तथा वातावरणसँग नेपाली समाजको सम्बन्ध ज्यादै निकट रहेको हुँदा कतिपय धार्मिक एवम् सांस्कृतिक कृयाकलापहरू वनक्षेत्रभित्रै हुने गरेको बताए । कुनै पनि जातिको धार्मिक एवम् सांस्कृतिक कृयाकलापमा समस्या नहोस् भनेर कानुनले पनि धार्मिक वनको प्रावधान ल्याएको भन्दै प्ये ल्हु संघ चितवनको लागि पनि सामुदायिक वनसँग सम्झौता गरेर धार्मिक वनमा रूपान्तरण गर्न सकिने उनले बताए ।

सरकारले चितवनमा ६ वटा वनलाई धार्मिक वनको रूपमा हस्तान्तरण गरिसकेको बताए । तर, कतिपय अवस्थामा धार्मिक वनको नाममा त्यसलाई दुरूपयोग गर्न सक्ने जोखिमसमेत रहेको हुँदा वास्तविकता बुझेर काम गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री सिलवालले कानुनअनुसार सामुदायिक वनसँग सहमति गरेर धार्मिक वनमा रूपान्तरण गर्न आग्रह गरे । तमू जातिको धार्मिक आस्थाको केन्द्र बनाउने हुँदा धार्मिक वनमार्फत काम गर्न सहज हुने उनले बताए । त्यसपछि निर्माण हुने संरचनालाई पुरानो शैलीमा तमू जातिको पहिचान झल्किने खालका संरचना निर्माण गर्न सकिने उनको भनाइ छ ।

आधुनिक कङ्क्रिट नभई काठैकाठको संरचना निर्माण गरेर चितवनमा तमू जातिको पहिचान दिलाउन सकिने उनले बताए । त्यस्तो अवस्थामा प्रदेश सरकारले दिल खोलेर सहयोग गर्न सकिने उनले बचन दिए । २०६० सालमा स्थापना भएको तमू प्ये ल्हु संघ चितवनले जिल्लाभर ३३ वटा इकाइ समिति गठन गरेर धार्मिक एवम् सांस्कृतिक कृयाकलाप गर्दै आइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49