२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

कुलेखानी जलाशय भरिपछि खोलिए दुबै ढोका

प्रकाशित मिति : २०८१ आश्विन १२ गते
file photo

मकवानपुर / मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २, स्थित कुलेखानी जलाशयको दुई वटा ढोका खोलिएको छ ।

अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५स्४० बजे ड्यामको दुई वटा ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो । जलाशयको क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ ।

बाँधको सुरक्षार्थ हाल २ वटा ढोकाहरू खोलीएको र जोखिमको आधारमा थप ढोकाहरू समेत खोल्नुपर्ने अवस्था देखिन सक्ने भएको हुँदा कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउनु आग्रह गरेको छ ।

ती क्षेत्रका सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई समेत उच्च सतर्क र सुरक्षित स्थानको पूर्वतयारीमा लाग्न भनिएको छ ।

साथै निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउन सक्ने बाढी, पहिरो, डुवान लगायतका अवस्थालाई मध्यनजर गरी जिल्लास्थित सबै सुरक्षा निकायहरूलाई उच्च सतर्क अवस्था रहन लगाइएको भन्दै सिडियो कार्यालयले जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट व्यवस्थापनको कार्यको लागि आवश्यक तयारी समेत गरिएको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45