२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘गणतन्त्रले नागरिकलाई सार्वभौम बनाएको छ’

प्रकाशित मिति : २०८३ जेष्ठ १५ गते

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई पूर्ण रूपमा सार्वभौम बनाएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राज्यसत्ता र शक्तिको अन्तिम स्रोत नागरिक नै भएको बताए ।

- ADVERTISEMENT -

Advertisement

उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र संसारकै उत्कृष्ट राजनीतिक व्यवस्थामध्ये एक हो । जनता आफैंले बनाएको संविधानमार्फत संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादका मान्यतालाई आत्मसात गर्दै हामीले यस व्यवस्थालाई थप सुदृढ बनाएका छौं ।’

राष्ट्रपति पौडेलले वर्तमान व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको उल्लेख गर्दै संविधानले नागरिक सर्वोच्चतालाई महान उपलब्धिका रूपमा स्थापित गरेको बताए ।

‘यही अभ्यासले सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुगेको छ । स्थानीय र प्रदेश सरकारले संविधानअनुसार जिम्मेवारी निर्वाह गरिरहेका छन् । जनताको घरआँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको छ,’ उनले भने ।

नागरिकका गुनासो शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने लोकतान्त्रिक अभ्यासले लोकतन्त्रको जरा बलियो बनाएको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म ‘निमुखालाई न्याय र विपन्नलाई आय’ प्रदान गर्नु रहेको पनि बताए ।

उनले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक स्वतन्त्रताको संरक्षण गर्दै जीवनस्तर उकास्नु नै वर्तमान व्यवस्थाको मुख्य उद्देश्य भएको स्पष्ट पारे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89