January 15, 2025
- ADVERTISEMENT -

मध्यराति आगलागी हुँदा चार पसल जलेर ध्वस्त,

November 21, 2024
File photo.

काठमाडौं / ललितपुरको बालकुमारीस्थित एक घरमा आगलागी हुँदा फार्मेसी, जुम्बा डान्स सेन्टर र पसलहरुमा क्षति पुगेको छ । सीसीआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर आगलागी भएको हो ।

आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गरेको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको ललितपुर प्रहरीले जनाएको छ । आगलागीबाट श्रेष्ठको घरसँगैको एउटा पान पसल र मःम पसल पनि जलेर नष्ट भएको छ । सँगैको ‘जुम्बा डान्स सेन्टर’ पनि जलेर नष्ट भएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण भने यकिन नभएको प्रहरीले जनाएको छ । पाँचवटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो । आगो निभाउन काठमाडौंका तीन र ललितपुरका दुईवटा दमकलका साथै प्रहरी टोली परिचालन गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -