२०८३ बैशाख १६, बुधबार
April 29, 2026
२०८३ बैशाख १६, बुधबार
April 29, 2026 Wednesday
- ADVERTISEMENT -

कृषि, पर्यटनमा धेरै सम्भावना बोकेको जिल्ला नवलपुर

प्रकाशित मिति : २०८१ मंसिर ७ गते

नवलपुर / गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्ला धेरै सम्भावना बोकेको जिल्ला भएको
बताउनुभएको छ ।

नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उहाँले कृषि,
पर्यटन र उद्योगको सवालमा नवलपुरले धेरै सम्भावना बोकेको बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

उद्योगमा के गर्न सकिन्छ, भएका उद्योगहरुलाई कसरी स्थायीत्व दिन सकिन्छ, कृषि उत्पादनलाई कसरी वृद्धि गर्न सकिन्छ, पर्यटनलाई कसरी उजागर गर्न सकिन्छ
भन्ने विषयमा हामी गम्भीर छौँ” उहाँले भन्नुभयो, “यस क्षेत्रको पर्यटनमा आकर्षण गर्न गैँडाकोट मौलाकालिका मन्दिरबाट नवलपुरकै अग्लो डाँडो देवचुली, बरचुलीहुँदै पाल्पाको सिमभञ्ज्याबसम्म ट्रेकिब रोड बनाउने कल्पना गरेका छौँ ।”

नवलपुरलाई पश्चिम पारेर बगेको नारायणी नदी किनारमा होमस्टे (घरबास) तथा उद्योग खुल्ने क्रम बढेको भन्दै उहाँले घरबास र उद्योगको राम्रो सम्भावना
भएको बताउनुभयो । यस जिल्लाको समग्र सम्भावनालाई केलाएर गण्डकी प्रदेशलाई सबैभन्दा छुट्टै प्रदेशको पहिचान दिनुपर्ने भन्दै मन्त्री बस्यालले त्यसका लागि नवलपुरले ठूलो योगदान राख्ने बताउनुभयो । “कृषि, उद्योग पर्यटनमा अरु जिल्ला भन्दा अगाडि र सम्भावना भएको ठाउँ नवलपुर हो” उहाँले भन्नुभयो, “नवलपुरलाई गण्डकी प्रदेशको हब बनाएर देशमै पहिचान गर्नका लागि सबैले सहयोग गर्नुपर्छ ।”

कात्तिक २६ देखि सञ्चालन भएको महोत्सवले गण्डकी प्रदेशकै सम्भावनाहरुको खोजी गर्ने र प्रदेशलाई पर्यटनको पूर्वाधारसँग जोड्ने उद्देश्य रहेको भट्टचनको भनाइ छ ।
मब्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा यसपटक नेपालमै पहिलोपटक अण्डर वाटर फिस टनेल निर्माण गरिएको उहाँले बताउनुभयो ।

दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृब्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका भट्टचनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68