काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले केवल लाइन विस्तारका लागि उपत्यकाका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ ।
प्राधिकरणले काठमाडौँको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि आज (मंगलबार) बिजुली काट्ने जनाएको हो ।
- ADVERTISEMENT -

प्राधिकरणको जारी एक सूचना अनुसार महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने भएको हो ।
प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सेवा अवरुद्ध हुने जनाएको हो । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने प्राधिकरणले जनाएको छ ।
- ADVERTISEMENT -










































