२०८२ कार्तिक २४, सोमबार
November 10, 2025
२०८२ कार्तिक २४, सोमबार
November 10, 2025 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज मन्त्रिपरिषद् बैठक बस्दै, चीन भ्रमण एजेण्डामा छलफल

प्रकाशित मिति : २०८१ मंसिर १३ गते
file photo.
- ADVERTISEMENT -

काठमाडौं / प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक आज (बिहीबार) बस्ने गरी आह्वान गरिएको छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक आह्वान गरिएको हो । सो बैठकमा चीन भ्रमणका एजेण्डाबारेमा पनि छलफल हुने जनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रधानमन्त्री यही मंसिर १७ गते चीन भ्रमण जाने तयारीमा छन् । उनी ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाने तयारी गरेका हुन् ।

त्यसअघि भ्रमणको तयारीका लागि आजै दिउँसो परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाँदै छन् । मन्त्री राणाले भोलि शुक्रबार (मंसिर १४) चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -