January 15, 2025
- ADVERTISEMENT -

यी प्रदेशमा आज आंशिक बदली : मौसम

December 6, 2024
File photo.

काठमाडौं / जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जनाएको छ ।

साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी, तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ ।

मौसम विभागका अनुसार, शुक्रबार दिउँसो कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको हुने भन्दै महाशाखाले ती क्षेत्रमा दैनिक जनजीवन, यातायात तथा उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -