२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

सिद्धि विनायकको वार्षिकोत्सवमा सूर्य श्रेष्ठसहित १४ जना सम्मानित

जनजातिका बालबालिका लागि १ लाख बढीको अक्षयकोष स्थापना गरिने
प्रकाशित मिति : २०८१ पुष १८ गते

चितवन / भरतपुर ११, वाइपासरोडमा स्थित एस. एण्ड पि. अडिटिङ कम्पनीका सञ्चालक सूर्यप्रसाद श्रेष्ठसहित १४ जनालाई सम्मान गरिएको छ । सिद्धि विनायक माध्यमिक विद्यालय भरतपुर ११, बसेनीले ६४ औं वार्षिकोत्सवको अवसर पारेर बुधबार उनीहरुलाई सम्मानित गरेको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सिद्धि विनायकका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रराज कौडाल, विद्यालयका प्राचार्य शिव कोइरालाले श्रेष्ठसहित १४ जनालाई प्रमाणपत्र र दोसल्ला ओढाएर संयुक्त रुपमा सम्मान गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

सम्मानित श्रेष्ठले सोही अवसरमा ५५ हजार ५५५ रुपैयाँ अक्षयकोष स्थापनाका लागि प्रदान गर्ने घोषणा गरे । सो कोषलाई थप गरी आगामी वर्ष १ लाख ११ हजार १११ अक्षयकोषका लागि पु¥याउने उनले प्रतिबद्धता व्यक्त गरे ।

उक्त अक्षयकोषबाट आदिवासी जनजातिका बालबालिकालाई निःशुल्क शिक्षाका लागि खर्च गरिने बताइएको छ भने प्लस टु का उत्कृष्ट एक छात्र एक छात्रालाई पुरस्कृत गरिने छ ।

आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य समेत रहेका समाजसेवी श्रेष्ठले यसअघि विभिन्न स्कुलहरुलाई शिक्षा सामग्री, न्यानो कपडा र विभिन्न संघसंगठनहरुलाई सहयोग गर्दै आएको छ । उनले आफ्नो आम्दानीको २५ प्रतिशत रकम समाज सेवामा लगाउँदै आएको बताएका छन् ।

कार्यक्रममा एस. एण्ड पि. अडिटिङ कम्पनीमा विभिन्न कर सम्बन्धी, कम्पनी दर्ता, खारेजी, अद्यावधिक, पान नं. लगायत कार्य हुने बताउँदै जनजातिको संघसंस्थालाई विशेष छुट दिने व्यवस्था समेत भएको उनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46