२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

पिठुवा खानेपानीको चालू आवमा आम्दानी करिब दुई करोड

प्रकाशित मिति : २०८१ पुष २२ गते

चितवन / पुर्वी चितवनको रत्ननगर–१५ पिठुवास्थित पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक वर्षमा करिब २ करोड रुपैयाँ आम्दानी गरेको छ । संस्थाको शनिबार सम्पन्न सातौँ वार्षिक साधारणसभाको अवसरमा सो जानकारी गराएको हो ।

चालू आर्थिक वर्ष २०८०÷८१ मा १ करोड ९५ लाख १३ हजार रूपैया आम्दानी गर्न सफल भएको संस्थाले जनाएको छ । विभिन्न १३ शीर्षक अन्तर्गत सो संस्थाले पानी महसुलबाट मात्र १ करोड २२ लाख ४६ हजार रूपैयाँ आम्दानी गरेको हो । संस्थाले कुल आम्दानीमा १ करोड ५७ लाख ५२ हजार खर्च कटाएर ३७ लाख ६१ हजार बचत गर्न सफल भएको छ ।

- ADVERTISEMENT -

Advertisement

वि.सं २०६७ सालमा स्थापना भएको सो संस्थामा हाल ४६७३ उपभोक्ता रहेका छन् । रत्ननगरको वडा नं. १४, १५ र १६ मा विच्छ्याइएको १०९ किमी लामो पाईप संजालबाट संस्थागत धारा ११, विपन्न वर्ग धारा २६३ र निजी धारा ४३९९ जडान गरिएको छ ।

बागमती प्रदेशका सांसद कृष्णप्रसाद खनालको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम, सचिव रुपेश तिवारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष विमला पाण्डे बन्जाराले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक गौतमबाबु अर्यालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

संस्थाको नीति तथा कार्यक्रममा ५०० जना क्षमताको सभाहल निर्माण, जियोग्राफिक इन्फर्मेसन सिस्टम (जी.आई.एस), सुचना प्रवाहको लागी एसएमएस सिस्टम, सामुदायिक विद्यालय र क्रियापुत्री भवनलाई पानीको महसुलमा ६० प्रतिशत छुट, नियमित महसुल तिर्ने ग्राहकलाई ५ प्रतिशत छुट, पानीको न्युनतम महसुलमा १० रुपैयाँ कम गरि ७० रुपियाँ कायम गर्ने, मिनिरल वाटर उत्पादन गर्ने जस्ता विषय समेटिएका छन ।

कार्यक्रममा पुर्व कार्यसमिति, लेखासमिति, पुर्व कर्मचारी, जग्गादाता तथा सहयोगीहरुलाई सम्मान समेत गरिएको छ ।

सम्मानित हुने पुर्वकर्मचारी हरुमा प्रेमप्रसाद ढकाल, ठानेश्वर ढकाल, बद्रीनाथ न्यौपाने, मुरली थापा रहेका छन् । त्यस्तै पुर्वकर्मचारी स्व. बाबुराम थापामगरलाई मरणोंपरान्त सम्मान गरिएको छ ।

त्यस्तै,सम्मानित हुनेहरुमा जग्गादाता कालिका ७ निवासी शेरकुमारी थापा र रत्ननगर १४ मा रहेको एसवाई प्यानल कम्पनी समेत रहेका छन् ।

रनपा–१६ स्थित एसवाई प्यानलले खानेपानीको मुख्य कार्यालय परिसरमा दुई लाख ३३ हजारको लगानीमा अपरेटर आवास गृह निर्माण गरिदिएको छ ।

सो कार्यक्रममा उत्कृष्ट दुई कर्मचारीलाई नगद सहित पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा प्रशासन तर्फ अस्मिता लामिछाने र प्राविधिक तर्फ प्रकाश स्याङबो तामाङ रहेका छन। उनिहरुलाई जनही रु. ५००५ सहित पुरस्कृत गरिएको हो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक, वडा नं. १४ का वडाध्यक्ष होमनाथ रानाभाट, वडा नं. १५ का अध्यक्ष आशिक तामांङ, नेपाली काँग्रेसका नगर उपसभापती कमलनाथ अधिकारी, एमालेका जिल्ला कमिटि सचिवालय सदस्य प्रेम दुवाडी, माओवादी नेता दिलबहादुर बुढाथोकी लगायतले मन्तव्य राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52