२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

एक लाख दर्शकले अवलोकन गर्ने, डेढ करोड कारोबारको अनुमान
प्रकाशित मिति : २०८१ चैत्र ८ गते

चितवन / भरतपुर वडा नं. १० स्थित चितवन उद्योग संघको आयोजनामा नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला–२०८१ हुने भएको छ । यही चैत १४ गतेदेखि १८ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा उक्त औद्योगिक प्रदर्शनी हुन लागेको बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेका अनुसार प्रदर्शनीमा प्रदेश स्तरीय चित्रकला प्रतियोगिता तथा प्रदर्शनी, प्रतियोगिता तथा प्रदर्शनी, स्वदेशी जुत्ता चप्पल प्रबर्द्धन तथा व्यापार मेला लगायतका रहने छन् ।

- ADVERTISEMENT -

Advertisement

प्रदर्शनीमा औद्योगिक मेशिनरी तथा प्रविधि ९प्रोसेसिङ, पोल्ट्री, डेरी, फुड एण्ड वेभरेज, चिया० निर्माण उद्योगका मेशिनरी तथा प्रविधि र निर्माण सामग्रीहरू, पेन्ट इन्डष्ट्रिज, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, पोल्ट्री, कृषि, चित्रकला, हस्तकला र मह उद्योगका प्रविधि, मेशिनरी तथा उत्पादनहरु, लघु, घरेलु, साना र मझौला उद्योगका उत्पादनहरु, सोलार ऊर्जा र वैकल्पिक ऊर्जा कम्पनीहरू, फोहोर व्यवस्थापन र पुनः प्रयोग कम्पनीहरू, विद्युतीय सवारी साधन, स्टार्टअप र प्राविधिक कलेजका प्रोजेक्ट डेमो, शैक्षिक परामर्श, रोजगार व्यवस्थापन कम्पनी तथा वृत्ति परामर्शदाताहरु, औद्योगिक व्यवसायिक साझेदार ९बैंक, विमा, व्यवसायिक परामर्शदाता, ट्रान्सपोर्ट, एजेन्सी सेवा प्रदायक० निर्यातजन्य उत्पादन, फुटवेयर, गार्मेन्ट लगायतका करीब २०० स्टलहरु रहनेछन् ।

प्रदर्शनीमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमी व्यवस्था तथा प्रशासन मन्त्रालय, बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय, कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सुदुर पश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवर्द्धन सहयोगमा प्रदर्शनीको आयोजना हुन लागेको प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी ५० हजार भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान आयोजकले लिएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रदेश स्तरीय हुने चित्रकलामा प्रथम हनेलाई रु. ३० हजार नगद र प्रमाण पत्र, दोश्रो हुनेलाई रु. २० हजार नगद र प्रमाण पत्र, तेश्रो हुनेलाई रु. १० हजार नगद र प्रमाण पत्र र सान्त्वना हुनेलाई रु. ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने उनले बताए ।

प्रदर्शनी अन्तर्गत नै स्वदेशी उत्पादनको प्रबर्द्धन, आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धन गर्ने उद्देश्यका साथ नेपाली जुत्ता घर प्रा.लि. को आयोजनामा नयाँ वर्ष २०८२ लाई लक्षित गरी चितवन प्रदर्शनी केन्द्रमा चैत्र १४ गतेदेखि वैशाख ९ गतेसम्म स्वदेशी जुत्ता चप्पल प्रबर्द्धन तथा व्यापार मेला आयोजना हुने आयोजकले जनाएको छ ।

मेलामा नेपालमा उत्पादित विभिन्न कम्पनीका एक हजार पाँच सय भन्दा बढी मोडलका १५ भन्दा बढी ब्राण्डका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु लेडिज, जेन्स, बच्चाका लागि आकर्षक डिजाइनका उत्पादनहरु विक्री वितरण गरिनेछ स्वदेशी जुत्ता, चप्पलका बारेमा आम उपभोक्तालाई जानकारी गराउने, स्वदेशी उत्पादन उपभोगका लागि आम जनमानसमा प्रचार प्रसार गर्ने, विदेशी जुत्ता चप्पल तथा छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका वस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउने, वास्तविक उत्पादक र ग्राहकको प्रत्यक्ष भेटघाटको माध्यमबाट स्वदेशी उत्पादनको गुणस्तर वृद्धिका लागि पृष्ठपोषण संकलन गर्ने, उद्यमी बीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धी गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तरमा सुधार ल्याउने वातावरण तयार गर्नु मेलाको मुख्य उद्देश्य रहेको छ ।

मेलामा करीब १५ हजार जोर जुत्ता, चप्पलको बिक्री हुने र १ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । मेलामा प्रत्यक्ष कम्पनीहरुले सहभागिता जनाउने हुँदा आकर्षक छुटका साथ प्रत्येक दिन जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुलाई विभिन्न स्किमहरुको व्यवस्था गरिनेछ भने उक्त मेलामा १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36