२०८३ जेष्ठ २१, बिहीबार
June 4, 2026
२०८३ जेष्ठ २१, बिहीबार
June 4, 2026 Thursday
- ADVERTISEMENT -

देशभरका फेन्सी व्यवसायीहरू एकजुट हुँदै, जेठ २३ र २४ गते राष्ट्रिय भेला गर्ने

प्रकाशित मिति : २०८३ जेष्ठ २१ गते
Photo : Bina Tamang / Newsprabah

भरतपुर / चितवनमा देशभरका फेन्सी तथा कपडा व्यवसायीलाई एउटै छातामुनि संगठित गर्ने उद्देश्यले आगामी जेठ २३ र २४ गते राष्ट्रिय भेला आयोजना गरिने भएको छ ।

‘नेपालभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला तथा फेन्सी व्यवसायी महासंघ नेपाल निर्माण घोषणा कार्यक्रम’ नाम दिइएको उक्त भेला चितवनको भरतपुरमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

- ADVERTISEMENT -

Advertisement

फेन्सी व्यवसायी महासंघ नेपाल निर्माण अभियानका संयोजक तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलले आर्थिक मन्दीका कारण फेन्सी तथा कपडा व्यवसाय इतिहासकै कठिन अवस्थामा पुगेकाले देशव्यापी सञ्जालको आवश्यकता महसुस गरी महासंघ गठनको पहल गरिएको बताए ।

उनका अनुसार घट्दो व्यापार, बढ्दो घरभाडा, करको भार तथा अनियन्त्रित अनलाइन व्यापारका कारण परम्परागत फेन्सी तथा कपडा व्यवसायी समस्यामा परेका छन् । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज र किस्ता तिर्न नसक्दा कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको तथा नयाँ पुस्तामा यस व्यवसायप्रति निराशा बढ्दै गएको उनले बताए । व्यवसायीहरूको हकहित संरक्षणका लागि संगठित हुन आवश्यक भएको उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

‘एकता हाम्रो शक्ति, महासंघ हाम्रो आवश्यकता’ भन्ने मूल नारासहित सुरु गरिएको अभियानले कर, बैंकिङ, भन्सार तथा नीतिगत समस्याको समाधानका लागि राज्यस्तरमा सशक्त पहल गर्ने लक्ष्य राखेको छ ।

हालसम्म देशभरका २० जिल्लाका फेन्सी व्यवसायी संघ अभियानमा आबद्ध भइसकेका छन् भने थप ३० जिल्लासँग सम्पर्क भइरहेको संयोजक पौडेलले जानकारी दिए । महासंघलाई अन्य जिल्लामा समेत विस्तार गर्ने योजना रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा नयाँ महासंघले व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकारसँग प्रभावकारी समन्वय गर्ने, व्यवसायीहरूको योगदान र सम्मानलाई राज्यस्तरमा स्थापित गराउने तथा युवा र महिला उद्यमीहरूको सहभागिता तथा नेतृत्व विकासलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

भेलाको उद्धघाटन वागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांँले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा विभिन्न जिल्लाका संघका पदाधिकारी लगायत व्यवसायीहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.62
206.43
Swiss Franc
1
193.75
194.51
Australian Dollar
1
109.58
110.01
Canadian Dollar
1
110.33
110.76
Singapore Dollar
1
119.25
119.72
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.78
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.76
23.86
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.17
500.13
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.98
398.54