April 30, 2025

लुलाङमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

March 21, 2025
file photo
- ADVERTISEMENT -

काठमाडौं / म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा बिहीबार साँझ भएको ट्याक्टर दुर्घटनामा दुई युवकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ग १ त ७१९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब १५० मिटर तल खस्दा १८ वर्षीय देविन विक र २१ वर्षीय पूर्णलाल रसाइलीको मृत्यु भएको हो ।

दुर्घटनामा पूर्णलाल रसाइलीको घटनास्थलमै मृत्यु भएको र देविन विकले लुलाङ स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

यस दुर्घटनामा घाइते भएका स्थानीय कविराज विक, कमल विक, मालिका गाउँपालिका–६ दरबाङका विकास विक र धवलागिरि गाउँपालिका(४ का किस्मत विकलाई प्रारम्भिक उपचारपछि सदरमुकाम बेनी पठाइएको थियो ।

तीमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल रेफर गरिएको छ ।

- ADVERTISEMENT -