Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ट्रम्पको करदाता डाटा अध्यागमन, आप्रवासीलाई अर्को झड्का

प्रकाशित मिति : २०८१ चैत्र ११ गते
File photo.

काठमाडौं / अमेरिकी आन्तरिक राजस्व सेवा (आईआरएस)ले अध्यागमन अधिकारीहरूलाई कागजात नभएका आप्रवासीहरूको करदाता डाटा प्रयोग गर्न दिने तयारी गरेको छ । यदि अमेरिकी अध्यागमन एजेन्सी (आईस)सँग प्रस्तावित सम्झौता सफल भएमा, गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरूको व्यक्तिगत विवरण क्रस–रेफरेन्स गरी कारबाही अघि बढाउन सकिनेछ ।

कर जानकारी लामो समयदेखि गोप्य मानिँदै आएको भए पनि ट्रम्प प्रशासनको कठोर आप्रवासन नीति कार्यान्वयनका लागि आईआरएसले संवेदनशील डाटा आईसलाई उपलब्ध गराउनसक्ने बताइएको छ । यस कदमले अमेरिकी कर प्रणालीको ऐतिहासिक गोपनीयता अभ्यास तोड्ने अधिकारकर्मीहरूको चिन्ता छ ।

- ADVERTISEMENT -

Advertisement

अमेरिकामा लाखौँ कागजातविहीन आप्रवासीहरूले व्यक्तिगत करदाता नम्बर (आईटीआईएन)मार्फत सरकारलाई कर तिर्दै आएका छन् । तर, प्रस्तावित सम्झौताले उनीहरूका कर विवरण अध्यागमन कारबाहीका लागि प्रयोग हुने जोखिम बढाएको छ । यसले आप्रवासी समुदायमा भयको वातावरण सिर्जना गरेको छ भने गोपनीयता उल्लङ्घनको गम्भीर आशंका व्यक्त गरिएको छ ।

विश्लेषकहरूका अनुसार, कर प्रणालीमा अध्यागमन कारबाहीको प्रवेशले दीर्घकालीन असर पार्न सक्छ । अधिकारकर्मीहरूले ट्रम्प प्रशासनको यस कदमलाई ‘शक्तिको दुरुपयोग’ भन्दै आलोचना गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98