April 22, 2025

राप्रपाले काठमाडौंमा प्रदर्शन गर्ने, कुलमान हटाउने निर्णयको विरोध

March 26, 2025
File photo.
- ADVERTISEMENT -

काठमडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही चैत्र २६ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । मंगलबार काठमाडौं बसेको आन्दोलन मूल समितिको बैठकले सो निर्णय गरेको हो ।

आन्दोलनका लागि सहकार्य गर्न ढोका खुला गर्ने समेत बैठकले निर्णय गरेको अध्यक्ष राजेनद्र लिङदेनले बताए । त्यस्तै, आगामी वैशाख ७ गतेबाट निरन्तर रुपमा राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय पनि राप्रपाले गरेको छ ।

उनका अनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गर्ने निर्णय पनि भएको छ ।

- ADVERTISEMENT -