Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राजावादी समूहद्वारा काठमाडौंको विभिन्न क्षेत्रमा आगजनी र तोडफोड

प्रकाशित मिति : २०८१ चैत्र १५ गते
file photo.

काठमाडौं / राजसंस्था पुनस्थापनाको माग गर्दै शुक्रबार दुर्गा प्रसाई नेतृत्वको राजावादी समूहले काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन गरेको छ । तिनकुनेलाई केन्द्रमा राखेर राजावादी समूहले आन्दोलन गरेको भएपनि काठमाडौंका अन्य स्थानमा समेत प्रदर्शन गरेका छन् ।

उनीहरुले प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यू समेत लगाइएको छ । राजावदीहरुले अराजक गतिविधि प्रदर्शन गरेपछि प्रहरीले लाठी चार्ज सहित हवाई फायर समेत गरेको थियो । प्रदर्शनरत राजावादी समूहले तिनकुनेमा घर तोडफोड सहित घरमा आगजनी समेत गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

अराजक राजावादी : घरमा आगजनी, सशस्त्र प्रहरीको टाउको फुट्यो
राजसंस्था पुनस्थापना माग गर्दै काठमाडौंको तिनकुनेमा प्रदर्शनरत दुर्गा प्रसाई नेतृत्वको राजावादी समूहले गरेको प्रदर्शनका क्रममा एक जना सशस्त्र प्रहरी महिला घाइते भएकी छन् । प्रदर्शनका क्रममा एक सशस्त्र प्रहरी महिलाको टाउको फुटेको छ । राजावादी समूहको प्रदर्शन अराजक बनेको छ ।

यसअघि घरमा ताडेफोडदेखी आगजनी समेत गरिएको थियो । तिनकुने क्षेत्र अहिले तनावग्रस्त छ । स्थिती नियन्त्रणमा लिन प्रहरी अश्रुग्यासदेखी हवाई फायर समेत गरेको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी भएको छ । शुक्रबार विमानस्थलको झाडीमा आगलागी भएको हो ।
आगो नियन्त्रणमा आइनसकेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० लालबाबु सुवेदीले बताए । आगो प्रदर्शनरत राजावादी समूहले लगाएको हुनसक्ने आशंका गरिएको छ ।

आगजनीको कारण बैंकक उड्ने तयारीमा रहेको थाइ एयरको उडान रद्द भएको छ । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको उनले बताए । घटनाबारे थप बुझने काम भइरहेको उनले बताए ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा समेत लगाइयो आगो :
राजावादीहरुले सरकार मातहत रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा समेत आगो लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा आन्दोलानमा होमिएकाहरुले यहाँ आगो लगाएका हुन् ।

कोटेश्वरको भाटभटेनीमा आगजनी र तोडफोड :
राजावादी प्रदर्शनहरूले कोटेश्वरस्थित भाटभटेनीमा आगजनी र तोडफोड सुरु गरेका छन् । तीनकुनेमा तोडफोड गरे लगत्तै छिन्नभिन्न भएका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनीमा आगजनी र तोडफोड सुरु गरेका हुन् ।

प्रदर्शनकारीहरूद्वारा नेकपा एसको कार्यालयमा तोडफोड, कागजपत्र र फर्निचर बाहिर ल्याएर जलाए :
काठमाडौँको तीनकुनेमा प्रदर्शनरत राजावादी समूहले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरेका छन् । आलोकनगरस्थिति एसको कार्यालय पुगेर राजावादीको एक समूहले ढुंगामुढा गरेका हुन् ।

उनीहरूले कार्यालय भित्र छिरेर फर्निचरका साथै कागजपत्रहरु पनि बाहिर ल्याएर जलाएका छन् ।

एमाले कार्यालय नजिकै ट्याक्सी जलाइयो,माओवादी पार्टी कार्यालय नजिक आगजनी :
नेकपा एमालेको कार्यालय नजिकै प्रदर्शनकारीले एउटा ट्याक्सी जलाएका छन् । राजसंस्था पुनस्थापनाको माग गर्दै प्रदर्शनरत राजावादीहरुले ट्याक्सी जलाएका हुन् । प्रदर्शनकारीहरूले दिउँसो पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालय छेउमा पनि आगजनी गरेका छन् ।

बालकुमारीमा पनि गाडी जलाइयो :
काठमाडौंको बालकुमारीमा समेत राजावादी पक्षधरले प्रदर्शनकारीले गाडी जलाएका छन् । तीनकुनेबाट लखेटिएपछि उनीहरुले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् । राजावादी प्रदर्शनकारीहरू अहिले उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67