Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा चौथों पटक स्वदेशी जुत्ता चप्पल व्यापार मेला सुरु

प्रकाशित मिति : २०८१ चैत्र १६ गते

चितवन । भरतपुर-१० स्थित चितवन एक्स्पो सेन्टरमा बिहीबारदेखि चौथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ सुरु भएको छ ।

चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको चौथो चितवन फुटवयर एक्स्पो चितवन जुत्ताचप्पल मेलामा ६ वटा कम्पनीको स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

जुत्ता चप्पल मेलामा ३० भन्दा बढी स्टल राखिएको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । स्वदेशी उत्पादनका बारेमा आमउपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने उद्देश्यले चौथो पटक मेला आयोजना गरिएको उनको भनाइ छ । 

मेलामा बिएफ डियरहिल सुज, फस्र्ट वाक सुज, शिखर सुज, रन सुज, स्मार्ट सुज, सु ल्याण्ड सुज, हाईलाइफ ब्राण्डका जुत्ता, चप्पल तथा छालाबाट उत्पादित सामग्री उपलब्ध रहेका छन् । नेपालमा एक हजार पाँच सय उद्योग रहेको नेपाली जुत्ता चप्पल उद्योगमा ३० अर्ब रुपैयाँको लगानी रहेको छ ।

प्रथम, दोस्रो र तेस्रो जुत्ताचप्पल मेला आयोजना गरिसक्दा ग्राहकको उत्साहजन उपस्थितीले मेला सफल र राम्रो भएकाले पुन: चौथोपटक मेला आयोजना गरिएको उनले बताए ।

करिब एक महिनासम्म सन्चालन हुने मेलामा १ करोड ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा प्रत्येक जुत्ता चप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

जुता चप्पल मेला २०८१ चैत १४ गते २०८२ बैशाख १० गते सम्म सन्चालन हुने छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67