Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बिजुलीबाट एक महिनाको आम्दानी ५ अर्ब ९ करोड

प्रकाशित मिति : २०८३ आश्विन ४ गते
File Photos: THT

काठमाडौँ / नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणकाअनुसार भदौ महिनामा ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरेर ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ आम्दानी गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

प्राधिकरणको प्रणाली संचालन विभाग ९भार प्रेषण केन्द्र–एलडिसी० स्युचाटारले सार्वजनिक गरेको भदौ महिनामा भएको विद्युत् निर्यातको विवरणअनुसार द्विपक्षीय सम्झौतामार्फत भारतको हरियाणा तथा बिहार राज्यसँगै बंगलादेशमा र विद्युत् बजारमार्फत गरी दुई माध्यमबाट विद्युत् निर्यात गरेको हो ।

द्विपक्षीय सम्झौताअनुसार ४२ करोड १६ लाख २१ हजार २८८ युनिट निर्यात गरेर ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २ सय ९९ रुपैयाँ आम्दानी गरेको छ भने विद्युत् बजारतर्फ १४ करोड ३९ लाख ८५ हजार १५५ युनिट निर्यात गरेर १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९ सय ८३ रुपैयाँ आम्दानी गरेको प्राधिकरणले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्राधिकरणकाअनुसार भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रको संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात बन्द रहेको छ ।

अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ विद्युत् निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोधसमेत गरिसकिएको प्राधिकरणले जनाएको छ ।

विद्युत व्यापारमा सुधार

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठकाअनुसार अघिल्लो वर्षको तुलनामा भदौ महिनामा विद्युत व्यापार सुधार भएको छ । यसलाई मन्त्री श्रेष्ठले महत्वपूर्ण उपलब्धि भनेका छन् ।

‘भोटेकोशी बाढीले राष्ट्रिय उत्पादन क्षमताको करिब १० प्रतिशत प्रणालीबाट बाहिरिएको चुनौतीपूर्ण अवस्थामा समेत भदौ महिनामा नेपालले ५६ करोड ५६ लाख युनिटभन्दा बढी विद्युत् निर्यात गरी रु। ५ अर्ब ९ करोड २४ लाखभन्दा बढी आम्दानी गरेको छ,’ उनले भने, ‘तुलनात्मक रुपमा हेर्दा चुनौतीपूर्ण अवस्थामा पनि विद्युत व्यापार गत वर्षभन्दा सुधारिएको छ । गत आर्थिक वर्षको भदौ महिनाको विद्युत् निर्यात आम्दानी रु। ४ अर्ब ७० करोड ८२ लाख ८८ हजार ५६५ थियो । अर्थात् यस वर्षको भदौमा निर्यात आम्दानीमा रु। ३८ करोड २७ लाख ३५ हजार ४३५ भन्दा बढी वृद्धि भएको छ ।’

यो उपलब्धि एलडिसी, स्युचाटारको निरन्तर प्रणाली समन्वय, विद्युत प्राधिकरणको उच्च व्यवस्थापन तथा देशभर परिचालित इन्जिनियर, प्राविधिक र कर्मचारीहरूको अथक प्रयासको परिणाम भएको मन्त्री श्रेष्ठले उल्लेख गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42