२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कृषि आधुनिकीकरणका विषयमा उवासंघ–चितवन र कृषि विश्वविद्यालय बीच सम्झौता

प्रकाशित मिति : २०८१ चैत्र २१ गते

चितवन / उद्योग वाणिज्य संघ–चितवन र कृषि तथा वन विश्वविद्यालय विच चितवनको कृषि विकासका साथै आधुनिकिरणका लागि दुवै संस्थाले साझा धारणा बनाएर जाने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चैत्र १९ गते एक कार्यक्रमका विच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षर कार्यक्रममा बोल्दै कृषि तथा वन विश्वविद्यालयका उपकुलपती प्राडा शारदा थपलियाले कृषि तथा वन विश्वविद्यालयले कृषि क्षेत्रमा शिक्षण, अनुसन्धान र सेवाहरूमा उत्कृष्टताको केन्द्र बन्न प्रयासरत रहिरहेको बताउँदै उनले विश्वविद्यालयले ग्रामीण सामाजिक–आर्थिक अवस्था सुधार गर्न कृषि र कृषि सम्बद्ध विज्ञानहरूमा दक्ष पेशेवरहरू विकास गर्दै रोजगारी सृजनाका साथै प्रदान गर्दै आईरहेको बताइन् ।

- ADVERTISEMENT -

Advertisement

उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग संयुक्त अनुसन्धान सञ्चालन गर्दै आएको जानकारी गराउँदै नीति विकास र तालिम सहित सम्बन्धित सरकारी संस्थाहरूलाई व्यावसायिक सेवाहरू समेत प्रदान गर्दै आएको बताइन् । कृषि तथा वन विश्वविद्यालयका विद्यार्थीहरूले कृषि समुदायमा उत्पादकत्व वृद्धि गर्न र दिगो जीविकोपार्जन प्रणाली सिर्जना गर्न कृषि चुनौतीहरूलाई सम्बोधन गर्ने ज्ञान र प्रविधिहरू उत्पादन गर्दै आईरहेको बताउँदै अवको कृषि विकासमा उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ–चितवनसँग सहकार्य गरेर अगाडि बढ्दा चितवनको कृषि विकासले फड्को मार्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघले मूख्यत चार क्षेत्रहरु शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा केन्द्रित विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउँदै उहाले सूचना प्रविधिको विकासमा पनि संघ लागिरेको बताए । संघले व्यावसायिक समुदायको हितको संरक्षण र प्रवद्र्धन गर्नुका साथै जिल्लामा सामाजिक कार्यहरूमा निजी क्षेत्रलाई परिचालन गर्न र आफ्ना सदस्यहरूमाझ चेतना जगाउन हरसम्भव प्रयास गर्दै आईरहेको बताए ।

उनले सरकारी र गैर–सरकारी संस्थाहरू समन्यमा सदस्यहरूलाई आवश्यकतामा आधारित सेवाहरू प्रदान गर्दै तालिम, कार्यशाला र सेमिनारहरू सञ्चालन गरेर आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धि गर्दै आईरहेको बताए । उद्योग वाणिज्य संघ–चितवन र कृषि तथा वन विश्वविद्यालय विच भएको सम्झौता पत्रमा कृषि, पशु चिकित्सा विज्ञान, मत्स्य पालन र कृषि व्यवसायमा अनुसन्धान, नवप्रवर्तन र सीप विकासलाई प्रवद्र्धन गर्नेछ ।

दिगो आर्थिक वृद्धिको लागि उद्योग–शिक्षा सम्बन्धलाई सुदृढ पार्ने, कृषि तथा पशुधन क्षेत्रमा प्रवद्र्धन गर्नु, बजार सम्बन्ध र उद्यमशीलताको विकास गर्न, व्यवसाय इन्क्युबेशन केन्द्रहरू स्थापना गर्न, किसान, उद्योग र अर्थतन्त्रलाई फाइदा पुग्ने नीति र अभ्यासहरूको वकालत गर्न, कृषि सम्बन्ध व्यवसायीहरुलाई तालिम सेमिनार सञ्चालन गर्ने, लगायत कृषि सम्बन्ध कार्य तथा विकासका लागि दुवै संस्था मिलेर लाग्ने सम्झौतामा उल्लेख रहेको छ ।

सम्झौता पत्रमा कृषि तथा वन विश्वविद्यालयको तर्फबाट उपकुलपती प्राडा शारदा थपलियाले हस्ताक्षर गर्नु भएको छ भने उद्योग वाणिज्य संघ – चितवनको तर्फबाट संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा संघका उपाध्यक्ष राजेन्द्र ओली र कृषि तथा वन विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45