April 25, 2025

काठमाडौं विश्वमै प्रदूषित शहरको शिखरमा, एक्यूआई १९३

April 5, 2025
file photo.
- ADVERTISEMENT -

काठमाडौं / काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर लगातार एक सातादेखि उच्च रहँदै आएको छ । हाल उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) १९३ मा पुगेको छ, जुन स्वास्थ्यको दृष्टिकोणले ‘अस्वस्थकर’ श्रेणीमा पर्छ ।

वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एअरका अनुसार काठमाडौं अहिले विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा पुगेको छ, जहाँ चीनको वुहान दोस्रो स्थानमा रहेको छ ।

एक्यूआई सूचकांक ० देखि ५० सम्म राम्रो मानिन्छ भने ३०१ माथिको सूचक खतरनाक मानिन्छ । १५१ देखि २०० को दायरा ‘अस्वस्थ’ र २०१ देखि ३०० सम्मको दायरा ‘निकै अस्वस्थ’ श्रेणीमा पर्छ । हालको १९३ अंकले काठमाडौंका बासिन्दा विशेष गरी वृद्ध, बालबालिका र श्वासप्रश्वासका समस्या भएका व्यक्तिका लागि जोखिमपूर्ण वातावरणमा बस्न बाध्य छन् ।

- ADVERTISEMENT -