२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भोलिदेखि भरतपुरमा ‘पौवा स्वाद उत्सव-२०८१’ हुने

प्रकाशित मिति : २०८१ चैत्र २४ गते

चितवन । होटल पौवाको भरतपुर शाखाले ‘पौवा स्वाद उत्सव-२०८१’ आयोजना गर्ने भएको छ। “जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ सन्चालित पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर यही चैत्र २५ देखि २९ गतेसम्म ‘पौवा स्वाद उत्सव-२०८१’ आयोजना गर्ने भएको हो ।

पौवा स्वाद उत्सव बिहान ११ बजेदेखि ५ बजेसम्म सन्चालन हुने छ । उत्सवमा नेपाली स्वाद र संस्कृति झल्किने टिपिकल नेपाली खानाको प्रस्तुति हुने होटल पौवा भरतपुर शाखाका प्रबन्धक विजय न्यौपानेले जानकारी दिए । ५ दिन सम्म सन्चालन हुने उत्वसमा पाहुनाहरुलाई दिनमा दुई पटक फरक फरक स्वादका खानाहरु चखाईने उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

उत्सवमा अतिथि पाहुनाहरूलाई पौवामा आएर निशुल्क खानाको स्वाद लिन पाउने व्यवस्था मिलाइएको न्यौपानेले बताए । उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पाहुनाहरूसमक्ष पुर्याउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको उनको भनाई छ ।

यसैगरी स्वाद उत्सवमा स्वादिष्ट टिपिकल खाना बनाउने सेफहरूबीच प्रतिस्पर्धा गराई पुरस्कृत समेत गरिने उनले बताए । नवौं वार्षिकोत्सवको अवसरमा आयोजित स्वाद उत्सव चितवन लगायत देशभरका अन्य शाखाहरूमा एकैसाथ सञ्चालन हुने छ ।

सबै धर्म, संस्कृति मान्ने नेपालीका विभिन्न चाडपर्वलाई पौवाले विशेष बनाउँदै आएको छ । होटल पौवा चितवनले यसअघि शिवरात्रीमा ‘भजन किर्तन उल्लास’ कार्यक्रम, माघेसंक्रान्तिको अवसरमा चितवनका विशिष्ट पाहुनाहरुलाई सेलरोटी, सखरखण्ड, खिचडीलगायत खानेकुरा समेत खुवाउने समाजिक कार्यहरु गर्दै आईरहेको छ ।

होटल पौवा, भरतपुर शाखामा विभिन्न परिकार पाइने रेष्टुरेण्ट र आरामदायी बासको लागि १२ वटा कोठा समेत छन् । यहाँ विवाह, ब्रतबन्ध र अन्य समारोहका लागि उपयुक्त दुई वटा पार्टी हल, पार्टी हलको क्षमता एउटाको तीन सय र अर्कोको पाँच सय र गोष्ठी, बैठक गर्न मिल्ने ५० जना क्षमताको एउटा सेमिनार हल रहेको प्रबन्धक न्यौपानेले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45