चितवन / पूर्वी चितवनको रत्ननगर–१५ निवासी मेघनाथ लामिछाने क्यान्सर रोगबाट पीडित भई जीवनको लागि संघर्ष गरिरहेका छन् । उनको घरको आर्थिक अवस्था निकै कमजोर रहेको र उपचारमा ठूलो रकम धनराशि खर्च हुने भएकाले लामिछाने परिवारले सहयोगको लागि अपिल गरेको छ ।
रत्ननगर–१५ का वडाध्यक्ष आशिक तामाङका अनुसार मेघनाथ अत्यन्तै असल, सबैको भरोसाका पात्र र सामाजिक व्यक्तित्व हुन् । उनको उपचारका लागि लामिछाने परिवारले खर्च धान्न सक्ने अवस्था नरहेकोले सबैले मानवीय भावनाका साथ सहयोग गर्न उनले आह्वान गरेका छन् ।
गम्भीर रोग क्यान्सरबाट पीडित लामिछानेको परिवारले पनि सबैलाई उपचारको लागि सहयोग गरिदिन अपिल गरेका छन् । मानवीय भावना भएका व्यक्तिहरुको सानो सहयोगले पनि उनको जीवन बचाउन सकिने भएकाले लामिछाने परिवारले सञ्चारमाध्यममार्फत सहयोगको अपिल गरेका हुन् ।
सहयोग गर्न चाहने महानुभावले रञ्जित लामिछाने ९८४५४८३०९३, रवि तिवारी ९८४५१४४१८६ र वडाध्यक्ष आशिक तामाङ ९८५५०६६५६२ सँग समन्वय गरी सहयोग गर्न सकिने छ ।