२०८२ चैत्र ३०, सोमबार
April 13, 2026
२०८२ चैत्र ३०, सोमबार
April 13, 2026 Monday
- ADVERTISEMENT -

जातीय रुपमा हामी जहाँ भएपनि आफूलाई स्थापित गर्नुपर्छ – वडाध्यक्ष तामाङ

सञ्चारगृहलाई निरन्तरता दिन कडा मेहनत
प्रकाशित मिति : २०८२ बैशाख ४ गते

– विना तामाङ
चितवन । रत्ननगर नगरपालिका वडा नं. १५ का वडाअध्यक्ष आशिक तामाङले जातीय रुपमा हामी जहाँ भएपनि आफूलाई पूर्ण रुपमा स्थापित गराउनु पर्ने बताए ।

न्यूजप्रवाह साप्ताहिक (पत्रिका) ले आयोजना गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा वडाध्यक्ष तामाङले सो बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष तामाङले आफूले पाएको जिम्मेवारीलाई जुनसुकै परिस्थितिमा पालना गर्दै अघि बढ्न आग्रह गरे । उनले न्यूजप्रवाह साप्ताहिक पत्रिकाको नियमित प्रकाशनबाट आफ्नो पहिचान स्थापित गराउन सफल भएको बताए ।

सञ्चारगृहलाई निरन्तरता दिलाउनका लागि अति कडा मेहनत र सङ्घर्ष गर्नुपर्ने उनको भनाइ थियो ।

उनले समाजमा रहेका विसंगति तथा विविध खाले विषयवस्तुलाई समाचारको रुपमा दर्पण बन्दै समाज रुपान्तरणमा अहमभूमिका खेल्नु पर्ने बताए ।

जातको रुपमा कसैलाई विशेष रुपमा अवसर दिने पक्षमा आफू नरहेको बताउँदै जातको रुपमा अवहेलना पनि हुन नदिने उनको प्रतिबद्धता थियो ।
जुन विषयवस्तु हो त्यसलाई सम्मानपूर्वक प्रचलित कानुन अनुसार लैजाने कुरामा आफू नचुक्ने उनले भने ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष बाबुलाल थिङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष तुलमान गुरूङ, तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरूङ, म्हाणिपा आमा समूहकी सचिव पासाङ तामाङलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष बबिलाल तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन उर्गेन तामाङले गरेका हुन् ।

अध्यक्ष तामाङ न्यूजप्रवाह साप्ताहिकका प्रधान सम्पादक पनि हुन् भने उनले साप्ताहिकसँग जोडिएका सबै शुभचिन्तक महानुभावहरुलाई हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि आशिक तामाङलाई न्यूजप्रवाह साप्ताहिक परिवारले मायाको चिनो प्रदान गरेको थियो ।

बि. एण्ड बि. मिडिया नेटवर्क प्रा.लि.द्वारा संचालित न्यूजप्रवाह साप्ताहिक २०७८ साल भदौ २ गतेबाट प्रकाशन आरम्भ गरेको हो । स्थापनाकालको चौथो वर्षमा पहिलो पटक भित्तेपात्रो प्रकाशनमा ल्याइएको हो ।

भित्तेपात्रोलाई आगामी दिनमा नियमित प्रकाशनमा ल्याइने न्यूजप्रवाह साप्ताहिक परिवारले जनाएको छ ।

कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनको सभाहल सम्पन्न भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.07
148.67
European Euro
1
173.54
174.24
UK Pound Sterling
1
199.33
200.14
Swiss Franc
1
187.63
188.39
Australian Dollar
1
104.57
104.99
Canadian Dollar
1
106.98
107.41
Singapore Dollar
1
116.23
116.70
Japanese Yen
10
9.30
9.33
Chinese Yuan
1
21.69
21.77
Saudi Arabian Riyal
1
39.46
39.62
Qatari Riyal
1
40.62
40.78
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
40.31
40.47
Malaysian Ringgit
1
37.34
37.50
South Korean Won
100
9.97
10.01
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.23
23.33
Hong Kong Dollar
1
18.91
18.98
Kuwaity Dinar
1
483.26
485.22
Bahrain Dinar
1
392.76
394.35
Omani Rial
1
385.10
386.66