– हरिप्रसाद अधिकारी
चितवन । तामाङ पत्रकारहरुको छाता संगठन तामाङ पत्रकार संघ (एटीजे) चितवनले २०८२ को भित्तेपात्रो (क्यालेण्डर) लोकार्पण कार्यक्रम गरेको छ ।
भण्डारा माध्यमिक विद्यालयको सभाहलमा आज (शुक्रबार) एक कार्यक्रम गरी भित्तेपात्रो लोकार्पण गरिएको संघले जनाएको छ ।
भूमि समस्या समाधान आयोग चितवनका अध्यक्ष तथा राप्ती नगरपालिका पूर्व उपमेयर इमानसिंह लामाले व्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष लामाले तामाङ लगायत जनजातिहरुको समुदायभित्रका भूमिहीनहरुलाई निस्साको लागि वडाहरुमा नाम दर्ता गराउन आग्रह गरे ।
भूमिहीनहरुले जग्गा प्राप्त गर्न कागजी पक्रिया र समयावधि लामो हुने भएकोले सक्दो चाँडो आफैँ लागि पर्नुपर्ने उनको सुझाव थियो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रीय सचिव गोमानसिंह लामा, तामाङ पत्रकार संघ केन्द्रीय सदस्य राजेशरुम्बा लामा, बागमती प्रदेशका ज्ञानेन्द्र तामाङ, राप्ती नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष सीताराम तामाङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा संघका उपाध्यक्ष सन्तोष तामाङले स्वागत मन्तव्य दिएका थिए भने सचिव प्रतिमा तामाङले कार्यक्रम संचालन गरिन् भने प्रकाश तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
वि.सं. २०८० कार्तिकमा तामाङ पत्रकार संघ चितवनले उत्कृष्ट जिल्लाको रुपमा सम्मान प्राप्त गरेको थियो ।
तामाङ पत्रकार संघ बागमती प्रदेशका तत्कालीन अध्यक्ष अर्जुन पाख्रिनका अनुसार जिल्ला शाखाको गतिविधि निरन्तरता र समुदायमा पु¥याएको योगदानको उच्च मूल्याकंन गर्दै सम्मान गरिएको हो ।
संघले २०७१ सालदेखि निरन्तर भित्तेपात्रो प्रकाशन गर्दै आइरहेको छ ।