Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एटीजे चितवनद्वारा २०८२ को भित्तेपात्रो लोकार्पण

भूमिहीनहरुलाई नाम दर्ता गराउन अध्यक्ष लामाको आग्रह
प्रकाशित मिति : २०८२ बैशाख ५ गते

– हरिप्रसाद अधिकारी
चितवन । तामाङ पत्रकारहरुको छाता संगठन तामाङ पत्रकार संघ (एटीजे) चितवनले २०८२ को भित्तेपात्रो (क्यालेण्डर) लोकार्पण कार्यक्रम गरेको छ ।

भण्डारा माध्यमिक विद्यालयको सभाहलमा आज (शुक्रबार) एक कार्यक्रम गरी भित्तेपात्रो लोकार्पण गरिएको संघले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

भूमि समस्या समाधान आयोग चितवनका अध्यक्ष तथा राप्ती नगरपालिका पूर्व उपमेयर इमानसिंह लामाले व्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष लामाले तामाङ लगायत जनजातिहरुको समुदायभित्रका भूमिहीनहरुलाई निस्साको लागि वडाहरुमा नाम दर्ता गराउन आग्रह गरे ।

भूमिहीनहरुले जग्गा प्राप्त गर्न कागजी पक्रिया र समयावधि लामो हुने भएकोले सक्दो चाँडो आफैँ लागि पर्नुपर्ने उनको सुझाव थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रीय सचिव गोमानसिंह लामा, तामाङ पत्रकार संघ केन्द्रीय सदस्य राजेशरुम्बा लामा, बागमती प्रदेशका ज्ञानेन्द्र तामाङ, राप्ती नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष सीताराम तामाङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा संघका उपाध्यक्ष सन्तोष तामाङले स्वागत मन्तव्य दिएका थिए भने सचिव प्रतिमा तामाङले कार्यक्रम संचालन गरिन् भने प्रकाश तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

वि.सं. २०८० कार्तिकमा तामाङ पत्रकार संघ चितवनले उत्कृष्ट जिल्लाको रुपमा सम्मान प्राप्त गरेको थियो ।

तामाङ पत्रकार संघ बागमती प्रदेशका तत्कालीन अध्यक्ष अर्जुन पाख्रिनका अनुसार जिल्ला शाखाको गतिविधि निरन्तरता र समुदायमा पु¥याएको योगदानको उच्च मूल्याकंन गर्दै सम्मान गरिएको हो ।

संघले २०७१ सालदेखि निरन्तर भित्तेपात्रो प्रकाशन गर्दै आइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05