चितवन / तमु प्ये ल्हु संघ चितवनले बधाई, सम्मान तथा तमु समुदायको परम्परागत संस्कार संस्कृति (प्ये–ताँ ल्हु ताँ) को अभ्यास र अहिलेको चुनौति विषयक अन्तर संवाद कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा पच्यु पैडी चिवा (विद्यावारिधि) डा. पोलबहादुर क्रोम्जे तमु सम्मानित भएका छन् ।
गुरूङ समुदायको संस्कार, संस्कृतिको विषयलाई जीवित तुल्याउन महŒवपूर्ण योगदान पु¥याएकोमा डा क्रोम्जेलाई सम्मान गरिएको संघका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।
तमू प्ये ल्हु संघ चितवनका सल्लाहकार सदस्य पञ्चबहादुर योज तमू र पूर्व अध्यक्ष जगत तमु टु संयुक्त रुपमा डा क्रोम्जे तमुलाई फेदा लगाई सम्मान गरिएको थियो ।
सोही अवसरमा प्ये ल्हु संघको महिला समिति, युवा समितिलगायतका संघसंस्थाका पदाधिकारी तथा सदस्यहरुले पनि डा. क्रोम्जेलाई फुलका गुच्छाद्वारा स्वागत गरे ।
डा. क्रोम्जे तमुले स्वागत र सम्मानका लागि धन्यवाद व्यक्त गर्दै गुरुङहरुको इतिहास, बसाई सराई, ठाउँ अनुसारको भेषभूषा, भाषालगायतको विषयमा प्रकाश पारेका थिए ।
कास्कीको मादी गाउँपालिका वडा नं.१ सिक्लेस घर भई हाल पोखरा–१३ बाँझापटन बस्दै आएका क्रोम्जेले गुरूङ जातिको पच्यु प्येलाई १० वर्षको अध्ययन एवम् अनुसन्धानबाट विद्यावारिधी गर्न सफल भएको हो ।