२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

आज र भोलि देशका धेरै स्थानमा पानी पर्ने – मौसम विभाग

प्रकाशित मिति : २०८२ बैशाख १५ गते
File photo.
- ADVERTISEMENT -

काठमाडौं / बागमती प्रदेशका हाल केही स्थानसहित कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । पूर्वी भेगका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । देशका धेरै ठाउँमा आज (सोमबार) दिनभर पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही ठाउँ, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँ तथा बाँकी भेगका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ ।

तीनथरी वायुका कारण हिजोदेखि प्रिमनसुन सक्रिय भएको हो । यसको प्रभाव भोलि (मंगलबार) सम्म रहने र देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । यसले कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

- ADVERTISEMENT -