२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

चितवनसहित यी ठाउँमा बिहानैदेखि वर्षा

प्रकाशित मिति : २०८२ बैशाख २१ गते
File photo.
- ADVERTISEMENT -

काठमाडौं / काठमाडौं । देशकै मध्यभागमा रहेको चितवनसहित विभिन्न स्थानहरुमा बिहानै वर्षा भइरहेको छ भने पश्चिमी वायु, स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावका कारण पहाडी तथा हिमाली भेगमा मौसममा फेरबदल आएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको असरले गर्दा विशेषगरी बागमती, गण्डकी, कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदलीको अवस्था छ भने बाँकी क्षेत्रको मौसम प्रायः सफा रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हाल चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ । कोशी, लुम्बिनी प्रदेश लगायतका पहाडी भेगका केही स्थानमा तथा अन्य क्षेत्रका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, देशका उच्च हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

आज रातिसमेत पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभाग आंशिक बदली रहनेछ । केही पहाडी स्थानहरू र अन्य एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षा, चट्याङ्ग र हावाहुरीका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

- ADVERTISEMENT -