२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनसहित यी ठाउँमा बिहानैदेखि वर्षा

प्रकाशित मिति : २०८२ बैशाख २१ गते
File photo.

काठमाडौं / काठमाडौं । देशकै मध्यभागमा रहेको चितवनसहित विभिन्न स्थानहरुमा बिहानै वर्षा भइरहेको छ भने पश्चिमी वायु, स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावका कारण पहाडी तथा हिमाली भेगमा मौसममा फेरबदल आएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको असरले गर्दा विशेषगरी बागमती, गण्डकी, कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदलीको अवस्था छ भने बाँकी क्षेत्रको मौसम प्रायः सफा रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हाल चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ । कोशी, लुम्बिनी प्रदेश लगायतका पहाडी भेगका केही स्थानमा तथा अन्य क्षेत्रका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, देशका उच्च हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

आज रातिसमेत पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभाग आंशिक बदली रहनेछ । केही पहाडी स्थानहरू र अन्य एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षा, चट्याङ्ग र हावाहुरीका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37