२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर उकालोमा ल्यान्डमार्क नारायणीको सेवा शुभारम्भ

प्रकाशित मिति : २०८२ बैशाख ३० गते

चितवन / भरतपुर हाइटमा ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले नयाँ व्यवस्थापन सहित ल्याण्डमार्क नारायणीको नामबाट सेवा शुभारम्भ गरेको छ । सोमबार पत्रकार सम्मेलनमार्फत् सेवा शुभारम्भ गरिएको ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका महाप्रबन्धक बोधराज लम्सालले जानकारी दिए । यसअघि होटेल रोयल सेन्चुरी नामबाट अढाई दशकसम्म सञ्चालित थियो ।

महाप्रबन्धक लम्सालले ल्याण्डमार्क नारायणीबाट चारतारे स्तरको सेवा, सुविधा प्रदान गरिने बताए । उनले चितवनको भरतपुरमा र तनहुँको भुवनटार, देवघाटमा सेवा विस्तार गरिएको जानकारी दिए । ‘भरतपुर हाइटमा ७० वटा कोठा भएको होटेल र देवघाट–५, भुवनटारमा रुम, कटेज, ट्री हाउस, स्विमिङ पुल सहितको फार्म हाउसको व्यवस्थापन ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले व्यवस्थापन सम्हालेको छ’ उनले भने ।

- ADVERTISEMENT -

Advertisement

‘भरतपुर र देवघाट क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने हाम्रो लक्ष्य रहेको छ’ ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका कर्पोरेट अपरेसन निर्देशक सम्राट पाण्डेले भने । होटल र फार्म हाउसको व्यवस्थापन सम्हालेसँगै ल्यान्डमार्कले नेपालको पर्यटन क्षेत्रमा आफ्नो उपस्थिति थप बलियो बनाएको उनको भनाइ थियो ।

ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट नेपालकै प्रतिष्ठित हस्पिटालिटी समूह हो । यस समूहले लामो समयदेखि काठमाडौँ, पोखरा, चितवन र भैरहवामा लक्जरी होटल र रिसोर्टहरूको व्यवस्थापन गर्दै आएको छ । ‘आफ्नो विशेष सेवा, पारिवारिक वातावरण र नेपाली आतिथ्य संस्कृतिमा आधारित उत्कृष्ट अनुभव प्रदान गर्ने र अतिथिलाई सन्तुष्ट पार्ने हाम्रो उद्देश्य हो’ पाण्डेले भने ।

‘हाम्रो यस प्रयासले पर्यटकहरूलाई शहरी र प्राकृतिक सुन्दरताको अद्वितीय मिश्रणको अनुभव दिलाउने विश्वास लिएका छौँ । भरतपुरको शहरी सौन्दर्य र देवघाटको प्राकृतिक शान्तिको संयोजनले अतिथिहरूलाई आराम, मनोरञ्जन र प्राकृतिक आनन्दको सम्पूर्ण अनुभव प्राप्त हुने हामी विश्वास दिलाउन चाहन्छौँ’ पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भरतपुरमा रहेको ल्यान्डमार्क नारायणीमा विभिन्न आकारका ६ वटा ब्याङ्क्वेट तथा व्यावसायिक बैठक र गोष्ठीका लागि कन्फ्रेन्स हल छन् । रमाइलो वातावरणमा खाना खानका लागि रेस्टुरेन्ट, पेय पदार्थको विविधता सहितको बार, कफी हाउस, खुला आकाशमुनि आरामदायी ढंगले समय बिताउनका लागि ओपन टेरेस ल्यान्डमार्क नारायणीका विशेषता हुन् । थप मनोरञ्जनको अनुभवका लागि आगामी दिनमा स्विमिङ पुल थपिने ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले जनाएको छ ।

‘होटेल तथा रिसोर्ट स्थापनाको पाँचदेखि सात वर्षमा सानातिना र दसदेखि पन्ध्र वर्षमा ठुलाखाले परिमार्जन गरिरहनु पछ’ ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका कर्पोरेट अपरेसन निर्देशक सम्राट पाण्डेले भने, ‘सन् २००१ मा सुरु भएको यस होटेलमा ठुलै परिमार्जन गरी स्पा, जिम र स्विमिङ पुल थप्दैछौँ ।’

पत्रकार सम्मेलनमा ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका निर्देशकहरु राजु पाण्डे र रमेश पाण्डेको पनि उपस्थिति रहेको थियो । ल्यान्डमार्क नारायणी विगतमा भन्दा राम्रो सेवा दिन प्रतिबद्ध रहेको उनीहरुको भनाइ थियो ।

ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट समूहले यसअघि सन् २००७ नोभेम्बरदेखि ल्यान्डमार्क पोखरा, सन् २०१४ फेब्रुअरीदेखि फरेस्ट पार्क ९सौराहा०, सन् २०१९ मार्चदेखि ल्यान्डमार्क काठमाडौँ र सन् २०२४ फेब्रुअरीदेखि ल्यान्डमार्क भैरहवा सन्चालनमा ल्याएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85