Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तीन खोले गुम्बामा बुद्ध जयन्ती मनाइयो, लोपोन्मुख ‘घाटु नाच’को प्रस्तुति

प्रकाशित मिति : २०८२ बैशाख ३० गते

चितवन / भरतपुरस्थित तीनखोले गुम्बा परिसरमा ६८६९ औं बुद्ध जयन्ती मनाइएको छ । बुद्ध जयन्तीको अवसर पारेर तीनखोले गुम्बा परिसरमा घाटु नाच देखाइएको छ । घाटु नाच गुरूङ जातिको मौलिक एवं पौराणिक लोकसंस्कृति हो ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले घाटु नृत्य हेरेपछि गुरूङ जाति संस्कृतिको धनी जाति हो भन्ने कुरालाई थप पुष्टि गरेको बताए । कहिलेकाहीँ आक्कलझुक्कल दर्शन गर्न पाउने यस्तै संस्कृतिले आदिवासी जनजाति समुदायप्रति ध्यान तान्ने गरेको उनको भनाइ थियो । ‘वैशाख पूर्णिमा यसै पनि सबैको साझा पर्व हो । त्यसमाथि चितवनका गुरूङ समुदायले गरेको कार्यक्रमले अझ यो पर्वको मह¤व बुझाएको छ’, उनले भने, ‘लोप हुन लागेका यस्ता संस्कृति संरक्षणमा समुदायसँगै सरकारी निकाय पनि जिम्मेवार बन्नुपर्छ ।’

- ADVERTISEMENT -

Advertisement

तीनखोलेमा बुद्ध जयन्ती मनाउँदै आएको बौद्ध धर्म सेवा समितिका अध्यक्ष विकास गुरूङले बुद्ध जयन्ती, तमू ल्होसारजस्ता सांस्कृतिक पर्वहरुले संस्कृति संरक्षणमा ठूलो भूमिका खेल्दै आएको बताए । ‘पुरानो पुस्तालाई त करिब–करिब हाम्रो संस्कृति यस्तै हुन्छ भन्ने विषयमा धेरथोर ज्ञान छ । तर, नयाँ पुस्तालाई त्यो ज्ञान कम छ’, अध्यक्ष गुरूङ भन्छन्, ‘त्यसकारण नयाँ पुस्तालाई पुरानो संस्कृति देखाउनकै लागि पनि हामीलाई हरेक वर्ष कार्यक्रम आयोजना गर्नुपर्ने दबाब छ ।’

मञ्चमा विभिन्न व्यक्तिहरुले बुद्ध जयन्ती, वैशाख पूर्णिमा र भगवान् गौतम बुद्धको उपदेश र व्यक्तित्वमाथि चर्चा गरेका थिए । बीच–बीचमा सालैजो, झ्याउरे, काडालगायतका अन्य सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरेको थियो । दिउँसोको औपचारिक कार्यक्रम हुनुपूर्व बिहानैदेखि धर्मगुरूहरुबाट पूजापाठ गरिएको थियो । बिहान भने शान्ति पदयात्रा निकालिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22