२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

खैरहनीमा बस र कार ठोक्किँदा कार चालकको मृत्यु

प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते

भरतपुर / चितवनको खैरहनीमा आज (शुक्रबार) बिहान सबेरै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्व(पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–२, ज्यामिरे चोकमा यात्रुवाहक बस र कार एकआपसमा ठोक्किँदा कार चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, बिहान करिब १ः४५ बजे उदयपुरबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनामा परी कार चालक खैरहनी नगरपालिका–८ निवासी ४२ वर्षीय प्रदीप तिमिल्सिनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका तिमिल्सिनालाई तत्काल उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याइएको थियो ।

तथापि, उपचारका क्रममा बिहान ३ः०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिए ।

प्रहरीले दुर्घटनाग्रस्त बस र बसका चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49