२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

मलेसियाको सबामा भीषण आगलागी हुँदा १ हजार घर जलेर नष्ट

प्रकाशित मिति : २०८३ बैशाख ७ गते
sketch

एजेन्सी / मलेसियाको उत्तरी बोर्नियो राज्य सबाको एक तटीय गाउँमा आईतवार बिहान भएको भीषण आगलागीमा झन्डै १ हजार घर जलेर नष्ट भएका छन् । यस घटनाबाट ९ हजार भन्दा बढी बासिन्दा प्रभावित भएको मलेसियाली अधिकारीहरूले जानकारी दिएका छन् ।

सान्दाकन जिल्लाका अग्नि नियन्त्रण प्रमुख जिमी लागुङले ‘बर्नामा’ समाचार एजेन्सीसँग कुरा गर्दै आगो ४ हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको बताए । उनले भाटाको समय भएकाले अग्नि नियन्त्रणका लागि पर्याप्त खुल्ला जलस्रोत जुटाउन कठिनाइ भएको जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

सान्दाकन नगरपालिकाका अध्यक्ष वाल्टर केन्सनकाअनुसार निरीक्षणका क्रममा प्रभावित क्षेत्र बसोबासका लागि असुरक्षित पाइएपछि नगरपालिकाले यस घटनालाई विपद् घोषणा गरेको छ । अग्नि नियन्त्रण प्रमुख जिमी लागुङकाअनुसार आगलागी स्थानीय समयअनुसार मध्यरात १ः३२ बजे शुरु भएको थियो भने दिउँसो १२ बजे मात्र नियन्त्रणमा आएको थियो ।

यस घटनामा कुनैपनि मानवीय क्षतिको खबर आएको छैन । स्थानीय प्रशासनले प्रभावित बासिन्दाहरूका लागि अस्थायी आश्रयस्थलको व्यवस्था मिलाउन शुरु गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37