काठमाडौं / आज गणतन्त्र दिवसको पारेर देशैभर विविध कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ ।
२०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाइन्छ ।
- ADVERTISEMENT -

राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा प्रभातफेरी, झाँकी प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा विशेष समारोहहरू आयोजना गरेर यो दिवस मनाउने गरिन्छ ।
यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।















































