२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वैज्ञानिकले बनाए टाउको र घाँटी क्यान्सरको औषधि, विरामीलाई राहत

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते

काठमाडौं / इम्युनोथेरापी औषधिको क्लिनिकल परीक्षणले हालै गरिएको टाउको र घाँटीको क्यान्सरबाट पीडित बिरामीको आयु लम्ब्याउन सक्ने देखाएको छ । इम्युनोथेरापीले क्यान्सर पुनः बल्झिन सक्ने जोखिमलाई पनि कम गर्न सक्ने देखाएको छ । यो क्यान्सरका बिरामीका लागि सफलताको पहिलो संकेत भएको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले बताएका छन् । विगतमा जसको उपचारको सम्भावना कम थियो ।

४५ वर्षीया लौरा मार्स्टनले ६ वर्षअघि आफू जिब्रोको गम्भीर क्यान्सरबाट पीडित भएको थाहा पाइन् । चिकित्सकहरूले उनको बाँच्ने सम्भावना कम रहेको बताएका थिए । इम्युनोथेरापी औषधिको परीक्षणको हिस्सा बन्न पाउँदा लौरा खुसी छिन् । भन्छिन्, “अझै जीवित छु भनेर म आफैँ छक्क परिरहेकी छु ।” शल्यक्रिया अघि र पछि उनलाई इम्युनोथेरापी औषधि दिइएको थियो । अनुसन्धानकर्ताहरूका अनुसार यो औषधिले बिरामीको शरीरले क्यान्सर फर्किएमा कसरी आक्रमण गर्ने र नष्ट गर्ने भनेर सिक्न सक्छ ।

- ADVERTISEMENT -

Advertisement

टाउको या घाँटीको क्यान्सरको उपचार गर्न अत्यन्तै गाह्रो छ । टाउको या घाँटीको क्यान्सर भएका आधाभन्दा बढी बिरामीको पाँच वर्षभित्र मृत्यु हुने गरेको तथ्यांक छ । लौरालाई २०१९ मा क्यान्सर भएको थाहा भयो । उनको जिब्रोमा घाउ थियो जुन निको हुन सकेन । डाक्टरहरूले उनलाई बाँच्ने सम्भावना केवल ३० प्रतिशत रहेको बताएका थिए ।

उनलाई बचाउनका लागि एक मात्र उपाय थियो उनको जिब्रो काटेर फाल्नु । उनको घाँटीमा रहेका लिम्फ नोडहरू पनि हटाउनुपर्थ्यो । यसपछि उनले फेरि बोल्न र खान सिक्नुपर्थ्यो । “म ३९ वर्षकी थिएँ र पूर्ण रूपमा निराश थिएँ,” उनले भनिन् ।

क्यान्सरको उपचारका नयाँ तरिका पत्ता लगाउन भइरहेको अन्तर्राष्ट्रिय अध्ययनमा लन्डनको क्यान्सर अनुसन्धान संस्थानका विज्ञहरूलाई पनि समावेश गरिएको थियो । यस अध्ययनमा, ३५० भन्दा बढी बिरामीलाई इम्युनोथेरापी औषधि पेम्ब्रोलिजुमाब दिइयो ।

बिरामीलाई शल्यक्रिया अघि र पछि उनीहरूको शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन यो औषधि दिइन्थ्यो । बेलायतको क्लिनिकल परीक्षणको नेतृत्व गरिरहेका प्रोफेसर केभिन ह्यारिङ्टन भन्छन्, “हामी शरीरको प्रतिरक्षा प्रणालीलाई ट्युमरसँग लड्न आवश्यक पर्ने प्रतिरोधात्मक क्षमताको मौका दिन्छौँ । ट्युमर हटाइसकेपछि पनि एक वर्षसम्म निरन्तर औषधि दिएर प्रतिरक्षा प्रणालीलाई बढावा दिन जारी राख्छौँ ।”

टाउको र घाँटीको क्यान्सर भएका तर शरीरको बाँकी भागमा नफैलिएको अवस्थाका बिरामीमा यो परीक्षण गरिएको थियो । यस परीक्षणले उनीहरूमा सकारात्मक परिणाम देखायो । यसले बिरामीमा क्यान्सरमुक्त हुने अवधि दोब्बर बनायो । जसले औसत अवधि साढे दुई वर्षबाट बढेर पाँच वर्ष पुग्यो ।

तीन वर्षपछि, पेम्ब्रोलिजुमाब दिइएका बिरामीको शरीरका अन्य भागमा क्यान्सर फर्कने जोखिम १० प्रतिशतले कम भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45