२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा किशोरी आमा बन्ने तीन वर्ष यता ज्यूँका त्यूँ

प्रकाशित मिति : २०८३ भाद्र १७ गते

भरतपुर / स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रूपमा चिनिने चितवन जिल्लामा अझै पनि किशोरी आमा बन्ने समस्या अन्त्य हुन सकेको छैन ।

विगत तीन आर्थिक वर्षको तुलना गर्दा २० वर्षमुनिका आमा बन्नेहरूको सङ्ख्या उस्तै छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार हरेक वर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेमध्ये किशोरी आमा आठदेखि नौ प्रतिशतको बीचमा रहेको पाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

कार्यालयका सूचना अधिकारी इन्द्रमणि भण्डारीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा शिशु जन्माएकामध्ये ९८५ किशोरी छन् । सो आवमा ११ हजार ८६८ जनाले अस्पतालमा प्रसूति सेवा लिएका थिए । यस्तै आव २०८१र८२ मा अस्पतालमा आएका ११ हजार ८९ जनामध्ये ९५८ जना किशोरी आमा रहेका थिए ।

आव २०८०र८१ मा १३ हजार ५०३ जनाले विभिन्न अस्पतालमा प्रसूति सेवा लिएकामा एक हजार १८८ जना किशोरी आमा बनेका छन् । अझै पनि समाजमा बालविवाह कायम रहेकाले किशोरी आमा बन्ने क्रम नघटेको उनले जानकारी दिए । आफ्नो समाजको चलन छाड्न नसक्ने र कानुन कार्यान्वयनमा ल्याउन नसक्दा समस्या भएको उनले बताए ।

उनका अनुसार २० वर्षमुनि विवाह गर्न नपाउने कानुनी व्यवस्था छ । बीस वर्ष मुनिकालाई किशोरीका रूपमा लिने गरिएको छ । तर ,यसको प्रभाव ग्रामीण क्षेत्रमा पर्न नसक्दा किशोरी आमा बन्दै आएका छन् । सानो उमेरमा आमा बन्ने र घरमा नै सुत्केरी हुने चलन अझै नरोकिँदा चुनौती बढेको उनले बताए ।

उनकाअनुसार गत आवमा किशोरी आमामध्ये ६३० जनाले दक्ष प्रसूतिकर्मीबाट शिशु जन्माएका थिए भने दक्ष स्वास्थ्यकर्मीबाट ३२७ जनाले शिशु जन्माएका थिए । यस्तै, अन्य स्वास्थ्यकर्मीबाट १० र घरमा नै प्रसूति गराउनेको सङ्ख्या १८ रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ । स्वास्थ्यका दृष्टिले यस उमेर समूहमा आमा बन्नु भनेको जोखिमपूर्ण रहेको उनले बताए ।

भरतपुर अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सुजन भुसाल न्यौपाने कम उमेरमा आमा बन्नु स्वास्थ्यका लागि राम्रो नहुने बताउँछन् । शारीरिक बनावट पूर्ण रूपमा तयार भइनसक्ने जनाउँदै उनले यसबाट दीर्घकालीन स्वास्थ्यमा समस्या हुनसक्ने बताए ।

कम उमेरमा शिशु जन्माउँदा प्रसूतिमा जटिलता र भविष्यमा गर्भधारणसम्बन्धी जटिलताहरूको जोखिम बढ्न सक्छ । बच्चाको कम तौल हुने, शारीरिक विकास कम हुने खतरा हुने उनको भनाइ छ । त्यसबाहेक, शिक्षा र सामाजिक अवसरहरू पनि प्रभावित हुन सक्छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45